भूमि व्यवस्था सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ८ उपसचिव र ६ जना शाखा अधिकृत गरी १४ कर्मचारीको सरुवा गरेको छ ।
मन्त्रालयले प्रशासन सेवा सामान्य प्रशासन समूहका ६ जना अधिकृतहरुको सरुवा गरेको हो भने चार जना प्रशासन सेवा सामान्य प्रशासन समूहका र प्राविधिक चार गरी आठ जना उपसचिवहरुको सरुवा गरेको छ ।
सूची अनुसार,प्राविधिकतर्फका सुजन अधिकारीलाई राष्ट्रिय सर्तकता केन्द्रबाट पूर्वाधार विकास मन्त्रालय,पूर्वाधारबाट महेश यादवलाई राष्ट्रिय सतर्कता केन्द्र,जिल्ला प्रशासन कार्यालय बझाङबाट मुकेश कुमार केशरीलाई रामधुनी नगरपालिका,सुनसरीमा खटाइएको छ । लक्ष्मी भण्डारीलाई पूर्वाधार विकास मन्त्रालय,युवा तथा खेलकुदबाट जगदिश पराजुलीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा,भूमि मन्त्रालयबाट इश्वरी तिवारीलाई युवा मन्त्रालयमा पठाइएको छ । उद्योगबाट लक्ष्मी शाहीलाई अख्तियारमा खटाइँदा भाषा आयोगबाट विमला काफ्ले राष्ट्रिय योजना आयोगमा पुगेकी छिन् ।
यस्तै शाखा अधिकृतहरुमा कारागार व्यवस्थापन विभागबाट टेक प्रसाद भट्टराईलाई राष्ट्रिय सहकारी नियमनमा काजमा,राष्ट्रिय निकुञ्ज तथा संरक्षण् विभागबाट सुरेश पन्थीलाई स्वास्थ्य मन्त्रालय,अध्यागमनबाट यज्ञश्वर पाण्डे सार्वजनिक खरिद अनुगमन,गृहबाट ऋृषिराम उपाध्यायलाई पूर्वाधार मन्त्रालय,सार्वजनिक खरिदबाट अभिनय अधिकारीलाई अर्थ मन्त्रालयमा पठाइएको छ भने जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट राजु ज्ञवाली युवा,श्रम तथा रोजगार मन्त्रालयमा आएका छन् ।
थप ८ उपसचिव र ६ अधिकृतको सरुवा
0%
0%
0%
0%
0%
0%





























