राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा जान रोक लगाएको छ ।
बिज्ञापन
सञ्चारमाध्यममा प्रकाशित समाचार र सार्वजनिक भएका श्रव्य सामग्रीलाई ध्यानमा राख्दै सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उनका विषयमा उठाइएका प्रश्नहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको रास्वपाले जनाएको छ । पार्टीले केन्द्रीय अनुशासन आयोगलाई सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन गर्न निर्देशन दिइएको राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारको विषयमा तत्काल छानबिन प्रक्रिया सुरु गर्न पार्टी केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिएको छ ।
बिज्ञापन
पार्टीले सार्वजनिक भएका सामग्रीमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य,अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषय उठेको उल्लेख गर्दै ती विषयलाई गम्भीर र संवेदनशील रूपमा लिएको जनाएको छ । महामन्त्री विपिन आचार्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ, “महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषयहरू अत्यन्त गम्भीर र संवेदनशील छन्,” रास्वपाले विज्ञप्ति जारी गर्दै भनेको छ, “विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा दृढतापूर्वक उभिएको रास्वपाले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपहरूलाई सामान्य रूपमा लिन सक्दैन ।”
यस्तै विज्ञप्तिमा “अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन समेत दिइएको उल्लेख छ । छानबिन निष्कर्षमा नपुग्दासम्म अनुसन्धान प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशनसमेत दिइएको छ ।





























