पुराना दलका नेताहरूले राज्यका संवैधानिक निकायलाई दलीय भर्तीकेन्द्र बनाएको भाष्य बेचेर राजनीतिमा उदाएको शक्ति हो, सत्तारुढ रास्वपा । चुनावताका यो पार्टीका नेताहरूले अनुभव र योग्यतालाई नियुक्तिको आधार बनाउने वाचा गरेका थिए । तर, ‘मेरिट’ को नारा दिएर सत्तामा पुगेको रास्वपा पुरानै भागबण्डा र आफ्ना मान्छे च्याप्ने खेलमा अग्रसर रहेको पाइएको छ । ‘नेपो बेबी’ को चर्को विरोध गर्दै सत्तामा पुगेकाहरुले नियुक्तिमा आफन्त र नातागोता च्याप्ने सिलसिला जारी छ । नयाँहरुले समेत नियुक्तिमा ‘पुरानै पारा’ देखाउन थालेका भेटिएको छ ।
बिज्ञापन
बालेन्द्र साहले सरकार सम्हालेलगत्तै अध्यादेशमार्फत १५ सय नियुक्ति एकै झट्कामा खारेज गरेको थियो । जसमा झण्डै २ सयलाई नयाँ नियुक्ति गरेको थियो । यसरी नियुक्ति पाएकाहरु पनि विवादरहित बन्न सकेनन् । अहिलेसम्म भएका अधिकांश नियुक्ति पनि नियुक्ति प्रक्रिया र पात्रको योग्यतामाथि प्रश्न उठ्दा विवादमा परेका छन् । जेनजी सरकारले नेपाल एयरलाइन्समा ८३ वर्षका बृद्धलाई गरेको नियुक्ति सर्वोच्चले उल्ट्याइदिँदा कामुले चलाउनुपर्ने अवस्था छ । पूर्वाधार मन्त्रालयदेखि पशुपति विकास कोष, त्रिवि सेवा आयोग, चिकित्सा शिक्षा आयोगहरूमा पूर्व जर्नेल र अरु दलका नेपोबेबीहरू रोजाइमा परेका छन्।
बिज्ञापन
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार वेन कार्यरत छन् । यसका अलवा उनका दाजु,दिदीदेखि सालोहरुले समेत महत्वपूर्ण नियुक्तिहरु हात पारिरहेको भेटिएको छ । प्रधानमन्त्री वालेन साहको प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनका दाजु सिद्धि व्यन्जनकारलाई खेलकुद मन्त्रालयको प्रमुख सल्लाहकारको भूमिकामा छन् । गत १९ चैतमा कुमारका दाजु ५५ वर्षीय सिद्धि व्यञ्जनकार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका प्रमुख सल्लाहकारको भूमिकामा कार्यरत छन् । कुमारको दाजु मात्र होइन,सहोदर दिदीले समेत लाभको पदमा नियुक्ति हात पारिसकेकी छिन् । १८ असारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विभिन्न विकास समिति तथा परिषद्का पदाधिकारी नियुक्त गर्दा नेपाल पञ्चांग निर्णायक विकास समितिको सदस्यमा नियुक्त भइन्, ललितपुर महानगरपालिका–१० की ५२ वर्षीया सिद्धिलक्ष्मी व्यञ्जनकारले नियुक्ति हात पारेकी थिइन । कुमार,सिद्धि,सिद्धिलक्ष्मी तीनै जना ललितपुर–१० का पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकार र नानी छोरी व्यञ्जनकारका सन्तान हुन । नरसिंह प्रधानमन्त्री बालेनका राजनीतिक गुरु ।
यस्का अलवा पूर्वाधार मन्त्री सुनिल लम्सालको प्रमुख स्वकीय सचिवका रुपमा कार्यरत विवेक बास्तोला प्रधानमन्त्री वालेन साहको दाजुको सालो विवेक बास्तोला नियुक्ति पाएको खुलेको छ । उनी यस अघि काठमाडौं महानगरपालिकामा कार्यरत थिए । सुनिल पूर्वाधार मन्त्री बनेसँगै प्रधानमन्त्री वालेन साहको सोल्टी विवेकलाई पूर्वाधार मन्त्रीको सचिवालयमा व्यवस्थापन गरिएको छ । अहिले पूर्वाधार मन्त्रीका प्रमुख सल्लाहकारमा चार जना कार्यरत छन् । त्यहाँ सन्तोष पाण्डेय, नक्कली प्रमाणपत्रको मुद्धा खेपेका सञ्जीवकुमार राना, धर्मेन्द्रकुमार झा र ओली सत्ताका प्यारा सुशील ज्ञवाली प्रमुख सल्लाहकारका रुपमा कार्यरत छन् भने प्रमुख स्वकीय सचिवमा विवेक बास्तोला, स्वकीय सचिवमा निर्मल ज्ञवाली, समन्वय कार्यान्वयन तथा अनुगमन अधिकृतमा पारस क्षेत्री र सञ्चार तथा जनसम्पर्क सहायकमा नीरज भट्टराई लगायत कार्यरत छन् ।
बिज्ञापन
प्रधानमन्त्री साह र मन्त्रीहरुको सचिवालयमा आफ्नै मान्छे भर्ती गर्ने क्रम चलिरहेकाले ‘नेपोबेबी’ को आवरणमा ‘नेपो सालो प्रवृत्ति देखिएको पूर्वाधार मन्त्रालयका कर्मचारीहरु टिप्पणी गर्दछन् ।





























