बिज्ञापन
जिल्ला अस्पताल इनरुवा सुनसरीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा सन्तोषप्रसाद साहलाई जिम्मेवारीबाट हटाइएको छ। प्रसूति व्यथाले च्यापेर जिल्ला अस्पताल इनरुवा पुर्याइएकी एक महिलालाई अस्पतालले भर्ना लिन अस्वीकार गरेपछि उनले एम्बुलेन्समै शिशुलाई जन्म दिएकी थिइन ।
बिज्ञापन
गत असोज २१ गते राति प्रसूति व्यथाले च्यापेपछि सुनसरीको कोशी गाउँपालिका–३ की लालु सदालाई परिवारले जिल्ला अस्पताल इनरुवा पुर्याएका थिए। तर, अस्पतालले आवश्यक कागजात नपुगेको र अवस्था उच्च जोखिमको रहेको भन्दै भर्ना लिन मानेका थिएनन् । सोही प्रकरण छानबिन गर्नका लागि स्वास्थ्य मन्त्रालयले प्रशासन महाशाखा प्रमुख (उपसचिव) को संयोजकत्वमा विषयविज्ञसहित पाँच सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। छानबिनलाई प्रभावित हुन नदिन निष्कर्ष नआएसम्मका लागि निमित्त मेसुलाई जिम्मेवारीबाट हटाइएको मन्त्रालयले जनाएको छ ।





























