नापी विभागको सरुवामा उस्तै वेतिथि : सुगमदेखि सुगम नै सरुवा

नापी विभागले मिति असोज २३ मा मन्त्रालयको सरुवा सहमति लिएर गरेको सरुवामा समेत चरम वेतिथि देखिएको कर्मचारीहरुले जनाएका छन् । नापी विभागमा लामो समयदेखि रजगज गर्दै आएका कर्मचारीले आकर्षक कार्यालयमा सरुवा भएका छन् ।

बिज्ञापन

यसरी उपत्यकाभित्रै सरुवा हुने नापी अधिकृतहरुमा अशोक कुमार श्रेष्ठ, जगन्नाथ जोशि, ध्रुव पौडेल, निर्मल राज कोइराला, पवन कुमार खत्री, प्रकाश वली, भानुभक्त भट्ट, लवज थापा, सुमन विक्रम पन्त, हरि कृष्ण त्रिपाठी, हरिबोल फुयाँल लगायत रहेका छन् । यी मध्ये केहि नापी अधिकृतहरू जस्तै अशोक कुमार श्रेष्ठ, जगन्नाथ जोशी, पवन कुमार खत्री, हरि कृष्ण त्रिपाठी, हरिबोल फुयाँल भने नापी विभाग अन्तर्गत अवकासको नजिक रहेका समेत हुन् तर ध्रुव पौडेल, निर्मल राज कोइराला, पवन कुमार खत्री, प्रकाश वली, भानुभक्त भट्ट, लवज थापा, सुमन विक्रम पन्त भने युवा नै पर्दछन । सुविधा सम्पन्न क्षेत्र र नापी को भाषामा माल अड्डामा बसेकालाई फेरी काठमाडौँ मै सरुवा गर्ने आधार नै देखिदैन ।

बिज्ञापन

कानून अनुसार घ वर्गको सुगममा बसेकालाई ग,ख,र क वर्गको क्षेत्रमा सरुवा गर्नु पर्नेमा फेरी पनि काठमाडौँ उपत्यकामा सरुवा भएको छ जसले गर्दा कर्मचारी बीच सुशासन अनुभूति भएको छैन । ध्रुव पौडेल यस अघि नापी कार्यालय रसुवा र नापी विभागमा बसेका कर्मचारी हुन । उनी ०७८ असोज देखि २०८१ असोज सम्म नापी विभागमै बसेका कर्मचारी हुन। निर्मल राज कोइराला पनि नापी विभागमा २०६९ भाद्र देखि देखि २०७७ फाल्गुन सम्म लामो समय सम्म विभाग बसेका उनी बझांग पुगेका थिए । २०७७ देखि २०८० सम्म दुर्गम कटाउन बसी २०८० असोज देखि उपत्यकाको नापी कार्यालयमा कार्यरत कर्मचारी हुन । त्यसै गरी पवन कुमार खत्री पनि २०७२ भाद्र देखि २०८१ असोज गरी १ दशक नापी विभाग नै बसेका थिए, त्यस पश्चात उनि २०८१ असोज देखि उपत्यकाको नापी कार्यालयमै बसेका थिए । त्यसै गरी नापी अधिकृत प्रकाश वली यस अघि नापी कार्यालय दाङ र नापी कार्यालय लमहीदुई दुई वर्ष बसेका थिए । विभागका अर्का चर्चित नापी अधिकृत हुन् भानुभक्त भट्ट, उनी २०७२ साल देखि ५ वर्ष नापी विभाग बसेका चर्चित नेता पनि हुन् । अर्का नापी अधिकृत लवज थापा पनि २०७३ देखि २०८० सम्म नापी विभाग बसी उपत्यकाका नापी कार्यालय बसेका कर्मचारी हुन । उनले नापी विभाग सरुवा नमागेको भए पनि उनको सरुवा नापी विभागमा भएको छ । लवज नापी कार्यालय कपिलवस्तुमा २ वर्ष मात्र बसेका थिए । सुमन विक्रम पन्त भने यस अघि सिन्धुपाल्चोक र रामेछाप बसिसकेका छन् र २०८० साल देखि उपत्यकाको नापी कार्यालयमा काम गर्दै आएका कर्मचारी हुन ।

यसै गरी काठमाडौँ उपत्यका देखि काठमाडौँ उपत्यकामा सरुवा नभएता पनि राम्रो अड्डा तथा सुगम देखि सुगम ठाउँमा सरुवा हुने मध्येका नापी अधिकृतहरू धेरै छन् । आशिष गिरी, जो नापी कार्यालय चितवन ४ वर्ष, नापी कार्यालय खैरहनी २ वर्ष बस्दै नापी कार्यालय मकवानपुर ३ वर्ष देखि कार्यरत रहेका छन्, अहिले उनको सरुवा नापी कार्यालय कलंकीमा भएको छ । त्यसै गरी इन्द्र बहादुर देउवाको पनि नापी कार्यालय कैलाली देखि नापी कार्यालय कोहलपुर सरुवा भएका छन् । उनी पनि सुगम देखि सुगममा सरुवा भएर लाभ लिने मध्ये एक पर्छन । त्यसै गरी कृष्ण प्रसाद ढकाल पनि नापी कार्यालय कोहलपुर देखि नापी कार्यालय बर्दिया सरुवा भएका छन् । उनी यस अघि नापी कार्यलय बाँके र नापी विभाग बसी सकेका छन् । अर्का नापी अधिकृत हुन् गिरिजा पोख्रेल जो नापी विभागमा लामो समय बसेका उनी हाल नापी कार्यालय मकवानपुर सरुवा भएका छन् ।

बिज्ञापन

त्यसै नापी अधिकृत गोविन्द उपाध्याय पनि नापी कार्यालय कोहलपुर देखि नापी कार्यालय टिकापुर सरुवा घर पायक भएका छन् । त्यसै गरी अर्का नापी अधिकृत हुन् गोविन्द राज जोशी जसको दरबन्दी नापी कार्यालय कास्की रहेको थियो तर नापी कार्यालय चन्द्रौटामा कामकाजमा आएका थिए, उनी ४ वर्ष उपत्यकाको नापी कार्यालयमा समेत बसेका कर्मचारी हुन । अहिले नापी कार्यालय कावासोती पुगेका छन् ।

यस्तै दिनेश लामिछाने, उनको सरुवा अहिले देशकै लोभलाग्दो कार्यालय नापी कार्यालय ललितपुर भएको छ । उनको सरुवा कास्कीबाट भएको देखिएता पनि उनी हाल पर्वतमा कार्यरत रहेका थिए । यस्तै नापी अधिकृत प्रकाश घिमिरे मकवानपुरबाट भक्तपुर सरुवा भएका छन् र उनले २०७६ साल देखि ४ वर्ष उपत्यकामा काम गरिसकेका छन् तर पनि फेरी उपत्यका नै प्रवेश गरेका छन् । प्रकाश दुलाल अर्का एक यस्ता नापी अधिकृत हुन् जसको नाम सहित अन्य १४ जनाको नाम मन्त्रालय समेत नापी सरुवा पीडित समूहले पुर्याउने काम गरेका थिए तर उनको सरुवा नापी विभाग देखि नजिकको नापी कार्यालय काभ्रेमा भएको छ ।

प्रकाश बहादुर रावलको सरुवा नापी कार्यालय ललितपुर देखि नापी कार्यालय सुर्खेत सरुवा भएका छन् । उनि २०७५ देखि २०७८ सम्म र २०८० देखि हाल सम्म उपत्यकाको नापी कार्यालय बसेको र हाल फेरी लोभलाग्दो कार्यालय सुर्खेत पुगेका छन् । अर्का नापी अधिकृत हुन राजेन्द्र थापा जसको सरुवा बाँकेबाट कोहलपुर भएको छ । उनी यस अघि सुर्खेतको कार्यालय पनि बसी सकेका मध्ये हुन । अर्का नापी अधिकृत हुन् लाल बहादुर सलामी जो नापी कार्यालय कावासोती देखि नापी कार्यालय डिल्लीबजार सरुवा भएका छन् । उनी यस अघि नापी कार्यालय चितवन २ वर्ष, उपत्यकाको नापी कार्यालय ३ वर्ष, नापी कार्यालय कावासोती ३ वर्ष बसी सकेका कर्मचारी हुन ।

नापीका अर्का जल्दाबल्दा नापी अधिकृत हुन बिशाल थापा, जो अहिले नापी कार्यालय तनहुँमा कामकाजमा कार्यरत छ र उनको सरुवा भने लेखनाथ भएको छ । उनको दरबन्दी २०७८ साल देखि नै नापी कार्यालय कास्कीमा रहेको छ । नापी विभागका उच्च पदस्थ कर्मचारी पोखरा घुमघाम गर्न जाँदा उनीहरूको समूहले सबै खर्च बेहोर्न कर्मचारीहरु बताउँछन् । नापी कार्यालय दाङका शरद कुमार आचार्य पनि धेरै लामो समय दाङ बसेर फेरी सुगम ठाउँ बाँके सरुवा भएका छन् । नापी अधिकृत श्याम बहादुर सिलवाल पनि नापी कार्यालय चितवनबाट नजिकै नापी कार्यालय कावासोती सरुवा भएका छन् । नापी अधिकृत सुरेश मानन्धर पनि नापी कार्यालय ललितपुर देखि नापी कार्यालय काभ्रे सरुवा भएका छन् । उनी यस अघि २०७४ देखि ६ वर्ष नापी कार्यालय काभ्रेमा कार्यरत तथ्यांक भेटिन्छ।

नापी विभागले बनाएको सरुवा मापदण्ड अनुसार एकपटक बसिसकेको कार्यालयमा फेरी सोहि कर्मचारीलाई सरुवा नगर्ने भने तापनि मानन्धर फेरी नापी कार्यालय काभ्रे सरुवा भएका छन् र नापी कार्यालय ललितपुरमा पनि ३ वर्ष काम गरिसकेका छन् ।  एक देखि डेढ वर्ष देखि अति दुर्गम अर्थात क वर्गको जिल्लामा सेवा गरिरहेका कर्मचारीले सरुवा माग गर्दा पनि सरुवा नभएको र नापी विभागका अन्तर्गत माल अड्डा बसेकाको भने माल अड्डा मै सरुवा भएको यस्ता धेरै उदाहरण नै भेटिएको छ । केहिको सरुवा नमागे कर्मचारीको अड्डा ठाउँमा सरुवा भएको छ भने केहिको सरुवा नामाग्दा पनि दुर्गम खटिनु पर्ने र कोहि घर पायक भए पनि दुर्गममै बसेर सेवा गर्दछु भन्दा समेत दुर्गममा सरुवा नपाएको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष