सरुवा चलखेलको आरोपपछि मन्त्रीको निजी सचिवको सरुवा,सचिवमाथि समेत प्रश्न

सरकारले सहसचिवबाट सचिवमा बढुवा भएका रुद्रसिंह तामाङलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गर्यो गत असोज ५ मा । यसरी उद्योगमा पुगेको तीन साता नबित्दै सचिव रुद्रमान तामाङ विवादमा तानिएका छन् । दुई महिना अगाडिमात्र उद्योगमा पुगेका सचिव नारायणप्रसाद शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्दै लाई उद्योग मन्त्रालयको सचिवमा पदस्थापन गरेको थियो ।
उनी सरुवा भएर गएको तीन साता पछि मन्त्रालयले गरेको १७ उपसचिवको सरुवा विवाद प्रधानमन्त्री कार्यालयसम्म पुगेको छ ।  गत असोज १६ गते सचिवस्तरबाट १३ जना उपसचिवको सरुवा गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको प्रशासन शाखाका उपसचिव रामहरि पौडेललाई टिप्पणी उठाउन लगाएर सचिवसमक्ष पुर्‍याइएको र सचिवले सरुवा सदर गरेको सो सरुवा प्रक्रिया विवादित बन्न पुगेसँगै असोज २२ को मितिमा मात्र सरुवा सूची सार्वजनिक गरिएको थियो ।

बिज्ञापन

एक साता पछि २२ असोजको मिति राखेर मन्त्रालयले १७ उपसचिवस्तरका कर्मचारीहरुको सरुवा गरेको थियो । सरुवा सूची अनुसार, ध्रुवबहादुर कुँवर, रामप्रसाद ज्ञवाली, तारानाथ लुईंटेल, माधवप्रसाद अधिकारी, रामकृष्ण श्रेष्ठ, अनिल किराती, लक्ष्मीकुमारी शाही, अन्जु पोखरेल, अमन कुमार कर्ण, कविता निरौला ढुंगेल, सन्ध्या सिग्देल, जेमा सुब्बा, विनोद प्रसाद उपाध्याय, जोरा सिंह माझी, भोला प्रसाद चापागाईं, रामकृष्ण श्रेष्ठ, धर्मा कुमारी बेल्वासे र मनोज कुमार वि।क। गरी १७ जना उपसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको छ।
सरुवा गरिँदा कम्पनी रजिष्ट्रार कार्यालयबाट रामप्रसाद ज्ञवाली र जेमा सुब्बालाई मन्त्रालय र अमनकुमार कर्ण र माधव अधिकारीलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा खटाइएको छ ।

बिज्ञापन

कम्पनी रजिष्ट्रारको कार्यालयमा धु्रवबहादुर कुँवर,औद्योगिक पूर्वाधार महाशाखाबाट जोरा सिंह माझी,मन्त्रालयको अनुगमन तथा मूल्यांकन शाखाबाट भोला प्रसाद चापागाईलाई कम्पनी रजिष्ट्राको कार्यालयमा लगिएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयमा कार्यरत उपसचिवहरूको सम्पूर्ण ‘सेट’ नै परिवर्तन गरेसँगै अव शाखा अधिकृतहरुको सेटै परिवर्तन गर्ने प्रक्रिया अगाडि बढेको कम्पनी रजिष्ट्रार स्रोतले जनाएको छ ।
उसो त यही सरुवामा केही उपसचिवसँग आर्थिक लेनदेन भएको आरोप हेलो सरकारसम्म पुगेको छ । यो सरुवा लेनदेनमा मन्त्रीको निजी सचिव सन्ध्या सिग्देलको नाम मुछिएको छ । उजुरीमा निजी सचिवको भूमिका, प्रस्तावित सरुवा सूची तयार पार्ने प्रक्रिया, मन्त्रीको नाम प्रयोग भएको भनिएको विषय तथा आर्थिक लेनदेनका आरोपबारे लगाइएको छ तर सरुवा चलखेलमा मुछिएको आरोप लागेकी सन्ध्या सिग्देल सरुवा भएर खानी विभागमा पुगेकी छिन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

बिशेष