अब करार कर्मचारीलाई मासिक मंहगी भत्ता,सामाजिक सुरक्षा,सञ्चयकोष,५८ बर्ष उमेर हद

सरकारले करार सेवाका कर्मचारीहरुलाई महगी भत्ता दिने भएको छ । २०८३ साउन १ गतेदेखि मासिक दुई हजार रुपैयाँ महँगी भत्ता उपलब्ध गराउने भएको छ । करार सेवाका कर्मचरी व्यवस्थापनसम्बन्धी व्यवस्था स्वीकृत गर्दै कम्तीमा छ महिना सेवा गरेका कर्मचारीले वार्षिक रूपमा एक महिनाको पारिश्रमिक बराबर चाडपर्व खर्च,बर्षमा एक पटक पोसाक भत्ता र मासिक दुई हजार मंहगी भत्ता उपलव्ध गराइने भएको छ ।

बिज्ञापन

गत असोज २१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार करारका कर्मचारी व्यवस्थापनसम्बन्धी मापदण्डलाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज २३ गते सबै मन्त्रालय, आयोग, सचिवालय, विभाग तथा कार्यालयलाई पत्राचार गर्दै स्वीकृत व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरेको छ।

बिज्ञापन

जसमा ०८३ माघ १ गतेदेखि कर्मचारीको खाइपाइ आएको मासिक पारिश्रमिकबाट ६ प्रतिशत कट्टा गरी नेपाल सरकारले सोही बराबर रकम थप्नेछ। यसरी कुल १२ प्रतिशत रकम कर्मचारी सञ्चय कोषमा जम्मा गरिने जनाइएको छ । यस्तै बर्षमा १२ दिन बिदा,१५ दिन किरिया बिदा तथा सुत्केरी हुनुअघि र पछि गरी बढीमा ९८ दिन सुत्केरी बिदाको व्यवस्था छ।
जसमा ५८ वर्ष उमेर पूरा भएका कर्मचारीको सेवा करार अन्त्य गरिने उल्लेख छ । यस्तै संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट दरबन्दी कटौती भई फाजिलमा परेका कर्मचारीको हकमा भने पाँच वर्षभन्दा बढी सेवा अवधि पूरा गरेको भए एक पटक आर्थिक सुविधा दिएर बिदाइ गरिने उल्लेख छ । त्यस्ता कर्मचारीलाई प्रत्येक वर्षको सेवाबापत आधा महिनाको सुरु तलब स्केल बराबरको रकम उपलब्ध गराएर सेवा अन्त्य गरिनेछ। यस्तो रकम एकपटकका लागि मात्र दिइनेछ। सम्बन्धित कार्यालयले उक्त रकम एकमुष्ट उपलब्ध गराउनेछ। विनियोजित बजेट अपर्याप्त भए सम्बन्धित मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकम माग गर्न सकिने व्यवस्था छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

बिशेष