गृह मन्त्रालयले दुई सहसचिवको पदस्थापन गरेको छ । मन्त्रालयको शुक्रबारको निर्णय अनुसार सहसचिव कृष्णबहादुर शाहीलाई जिल्ला प्रशासन कार्यालय, उदयपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको छ । राष्ट्रपति कार्यालय गृह आएका शाहीलाई उदयपुरको सिडिओमा पठाइएको हो।
बिज्ञापन
यस्तै विष्णुप्रसाद ज्ञवालीलाई जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। ज्ञवाली महालेखा नियन्त्रक कार्यालयबाट गृह पुगेका थिए । मन्त्रालयले अर्घाखाँचीबाट प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई कपिलबस्तु खटाएसँगै त्यहाँ ज्ञवालीलाई खटाएको छ ।
अब सहसचिवको दरबन्दी रहेको रामेछाप, दैलेख र प्युठान भने सिडिओविहिन छ भने गृहको अतिरिक्तमा सामान्यबाट भित्रिएका सहसचिव एकदेव अधिकारी र रामेछापको प्रमुख जिल्ला अधिकारीबाट गृहमा तानिएकी विनु बज्राचार्य कुँवरको व्यवस्थापन गर्न बाँकी छ ।
बिज्ञापन





























