६२० किमी रेन्ज दिने प्रिमियम ईभी एसयूभी सार्वजनिक, के-के छन् विशेषता ?

जी मोटर्स प्रालिले आधिकारिक वितरकको रूपमा चाईनाको ब्रान्ड स्काईवेल प्रीमियम ईभी एसयूभी ईटी ५ नेपालमा सार्वजनिक गरेकाे छ ।

बिज्ञापन

६२० किमी रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ्ङ्ग प्राप्त रियल इभी एसयूभी आज एक समारोह माझ जी मोटर्स प्रालिको राधेराधे भक्तपुरमा स्थित स्काईवेल शोरुम सार्वजनिक गरेकाे हाे ।

बिज्ञापन

समुदघाटन साथ ९ थान गाडी ग्राहक माझ डेलिभरी गरेको छ। डा.लेखजंग थापा, डिल्लीराम आर्याल, महेश श्रेष्ठ, अर्जुन श्रेष्ठ, पुण्य प्रसाद ढकाल, पुकार मल्ल, निशा श्रेष्ठ, सुरेन लिम्बु र बिजय यादवले गाडी खरिद गरेका हुन् ।

उक्त समारोहमा नेपालस्थित चिनियाँ दूतावासका ईकोनोमिक एन्ड कमर्शियल कन्सुलर सि यु, स्काईवेल न्यु ईनर्जी भेहिकलका चिनियाँ प्रतिनिधि थोमस जु र जी मोटर्सअध्यक्ष दुर्गा प्रसाद गेलालबाट संयुक्त रुपमा शोरुमको समुदघाटन गरी गाडीको सार्वजनिक गरिएको थियो ।

बिज्ञापन

नाडाबाट औपचारिक बुकिङ एवम् ब्रान्डको बिक्री सुरुवात गरेको जी मोटर्सले छोटो समयमा स्काईवेलको प्रिमियम एवम् नेपाल मै सबैभन्दा धेरै रेन्ज दिने ६२० किमीको दुरी एक सिङ्गल चार्जमा तय गर्ने र १५० किलोवाट आवरको ब्याट्री प्याकले ग्राह्कलाई सोचे भन्दा आरामदायी यात्रा तय गराउने कम्पनीको भनाइ छ । सो गाडीमा १ बर्षको नि:शुल्क बिमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा वैशाख महिना भरी रहेको कम्पनी प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जानकारी गराए ।

गाडीका विशेषताहरू

• ८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी)

• १५० किलोवाट मोटर क्यापासिटी

• CNACP- 5 Star Safety

• ६२० किमी रेन्ज फर्स्ट टाईम इन नेपाल

• अटो पार्किङ्ग

• मेट्रीक्स लेजर हेडलाईट

• मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर

• फुल साईज प्यानारोमिक सनरुफ र मुनरुफ

• लक्जरी 2 level foldable rear seats

यो गाडीको नेपाली बजार मूल्य रु. १ करोड ९ लाख रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन शाखा अधिकृतमा नियुक्तिका लागि सिफारिस भएका १७८ जना उमेद्धार

मानव चेतना र भौतिक जीवनको सन्तुलन

नागरिक उड्डयन प्राधिकरणः नेतृत्व चयनले ‘स्वार्थको द्वन्द्वको खतरा’

शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

बिशेष