६२० किमी रेन्ज दिने प्रिमियम ईभी एसयूभी सार्वजनिक, के-के छन् विशेषता ?

जी मोटर्स प्रालिले आधिकारिक वितरकको रूपमा चाईनाको ब्रान्ड स्काईवेल प्रीमियम ईभी एसयूभी ईटी ५ नेपालमा सार्वजनिक गरेकाे छ ।

बिज्ञापन

६२० किमी रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ्ङ्ग प्राप्त रियल इभी एसयूभी आज एक समारोह माझ जी मोटर्स प्रालिको राधेराधे भक्तपुरमा स्थित स्काईवेल शोरुम सार्वजनिक गरेकाे हाे ।

बिज्ञापन

समुदघाटन साथ ९ थान गाडी ग्राहक माझ डेलिभरी गरेको छ। डा.लेखजंग थापा, डिल्लीराम आर्याल, महेश श्रेष्ठ, अर्जुन श्रेष्ठ, पुण्य प्रसाद ढकाल, पुकार मल्ल, निशा श्रेष्ठ, सुरेन लिम्बु र बिजय यादवले गाडी खरिद गरेका हुन् ।

उक्त समारोहमा नेपालस्थित चिनियाँ दूतावासका ईकोनोमिक एन्ड कमर्शियल कन्सुलर सि यु, स्काईवेल न्यु ईनर्जी भेहिकलका चिनियाँ प्रतिनिधि थोमस जु र जी मोटर्सअध्यक्ष दुर्गा प्रसाद गेलालबाट संयुक्त रुपमा शोरुमको समुदघाटन गरी गाडीको सार्वजनिक गरिएको थियो ।

बिज्ञापन

नाडाबाट औपचारिक बुकिङ एवम् ब्रान्डको बिक्री सुरुवात गरेको जी मोटर्सले छोटो समयमा स्काईवेलको प्रिमियम एवम् नेपाल मै सबैभन्दा धेरै रेन्ज दिने ६२० किमीको दुरी एक सिङ्गल चार्जमा तय गर्ने र १५० किलोवाट आवरको ब्याट्री प्याकले ग्राह्कलाई सोचे भन्दा आरामदायी यात्रा तय गराउने कम्पनीको भनाइ छ । सो गाडीमा १ बर्षको नि:शुल्क बिमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा वैशाख महिना भरी रहेको कम्पनी प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जानकारी गराए ।

गाडीका विशेषताहरू

• ८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी)

• १५० किलोवाट मोटर क्यापासिटी

• CNACP- 5 Star Safety

• ६२० किमी रेन्ज फर्स्ट टाईम इन नेपाल

• अटो पार्किङ्ग

• मेट्रीक्स लेजर हेडलाईट

• मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर

• फुल साईज प्यानारोमिक सनरुफ र मुनरुफ

• लक्जरी 2 level foldable rear seats

यो गाडीको नेपाली बजार मूल्य रु. १ करोड ९ लाख रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

ठुली मैयाँ

बिशेष