भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा एक दर्जन सहसचिवहरु जगेडामा रहेका छन । यस अघिमात्र आठ सहसचिव रहेकोमा थप चार जनालाई जिम्मेवारीविहीन बनाएर अतिरिक्त समूह जगेडामा थन्क्याएको छ ।
बिज्ञापन
पछिल्लो क्याविनेटले गरेको सरुवामा अख्तियारबाट सहसचिव गोविन्दप्रसाद अधिकारी र गृह मन्त्रालयको जगेडामा रहेका सहसचिवहरु पुष्पराज शाही, भूपेन्द्र थापा र चिरञ्जीवी पौडेल सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा हुने गरी सरुवा गरिएको हो ।
यस अघि नै सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा ८ जना सहसचिवहरु रहेका छन् । जसमा तुलसीनाथ गौतम,जयकुमार घिमिरेका अलवा शंकरहरि आचार्य र युगराज पाण्डे, थारू आयोगबाट सामान्य प्रशासन मन्त्रालयमा तानिएका रूद्रप्रसाद लामिछाने,सुशील ढकाल,वेदप्रसाद खरेल र कृष्णबहादुर शाही लगायतका सहसचिवहरु सामान्य प्रशासनको अतिरिक्त समूहमा रहेका छन् । यीमध्ये अवकाशको मुखमा रहेका सहसचिवहरुमा तुलसीनाथ गौतम, जयकुमार घिमिरे, रूद्रप्रसाद लामिछाने र सुशील ढकाल रहेका छन् । उनीहरुकोमध्ये केही हप्ता दिनमा त केही ३ महिनाभित्र अवकाशमा जान लागेका हुन्।



























