प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले मध्यराती पेस्तोल भिराएर सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई रेडकर्नर नोटिस जारी गराउन लगाइएको विषयमा सरकारसँग जवाफ माग गरेको छ।
बिज्ञापन
नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले रास्वपा सांसद अमरेशकुमार सिंहको अभिव्यक्तिबारे सरकारको जवाफ मागेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले सांसद सिंहले गम्भीर कुरा उठाएकाले सरकारले जवाफ दिनुपर्ने बताए ।
बिज्ञापन
‘सत्तापक्षकै सांसदबाट आएको वक्तव्यबारे ध्यानाकर्षण गराउन चाहन्छु। कहीँ सुन्नमा आएको छ, कन्चटमै पेस्तोल राखेर थर्काउने कुरा आएको छ । केही कुरा आएको छ, प्रश्न गर्दाखेरि धम्की आउँदो रहेछ । यो कुरा असाध्यै अलोकतान्त्रिक हो । यसमा सरकारको के जवाफ छ, हामी सुन्न आतुर छौँ,’ उनले भने । सांसद सिंहले प्रधानमन्त्रीको सचिवालयले सम्पत्ति शुद्धीकरणको डीजीलाई बोलाएर कन्चटमा पेस्तोल तेस्र्याएको आरोप लगाएका थिए ।
उनले लोकतन्त्रको मूल्य भयरहित समाजको निर्माण भएको भएको भन्दै यस सम्बन्धमा सरकारले जवाफ दिनुपर्ने बताए।



























