प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले उच्च अदालतका तीन र जिल्ला अदालतका १५ न्यायधीशहरुको सरुवा सिफारिस गरेको छ ।
आज बसेको परिषद्को बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल, जिल्ला न्यायाधीश हिमलाल बेलबासे र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । यस्तै न्याय सेवा आयोग बैठकले सर्वोच्च अदालतका सहरजिष्ट्रारद्वय ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई रजिष्ट्रारमा सिफारिसको निर्णय गरेको थियो ।
आजको बैठकले विराटनगरका न्यायाधीश न्यायाधीश महेन्द्रनाथ उपाध्यायलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलास, उच्च अदालत जनकपुरका न्यायाधीश मुरारीबाबु श्रेष्ठलाई उच्च अदालत विराटनगरको इलाम इजलास र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश रितेन्द्र थापालाई उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलास सरुवा गरिएको छ । यस्तै, सर्वोच्च अदालतका इजलास अधिकृत भरतकुमार दाहाललाई कैलाली जिल्ला अदालतमा नियुक्तिका लागि सिफारिस समेत गरेको छ । नातिबाबु लामिछानेलाई उच्च अदालत पाटनमा काज सरुवा गरिएको छ। गोकर्ण डाँगी, शकुन्तला घिमिरे र अर्जुन अधिकारीलाई सर्वोच्च अदालतमा काज सरुवा सिफारिस गरिएको छ। जिल्ला अदालततर्फ किशोर घिमिरे, दीपक ढकाल, सन्तोषप्रसाद पराजुलीसहित १५ जना न्यायाधीशको सरुवा सिफारिस भएको छ।
उच्चका तीन र १५ जिल्ला न्यायाधीशको सरुवा
0%
0%
0%
0%
0%
0%



























