मधेश प्रदेश सरकारले ठूलो संख्यामा स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा गरेको छ । प्रदेश सरकारले स्थानीय तहका कार्यरत रहेका प्रशासन सेवा सामान्य प्रशासन समूह,शिक्षा प्रशासन,नेपाल स्वास्थ्य,नेपाल कृषि,स्थानीय इन्जिनियरिङ,अहेब,सि अनमी लगायतका गरी ८० कर्मचारीहरुको सरुवा गरेको हो ।
यसरी सरुवा भएकामध्ये ४० जनालाई दोहोरो सहमतिका आधारमा,जाने ठाउँको सहमतिका आधारमा ३८ जना कर्मचारीहरुको सरुवा गरेको हो भने बाँकी २ जनाको हकमा कामकाज रहेको स्थानीय तहमा सरुवा गरेको जनाइएको छ ।
बिज्ञापन
प्रदेश सरकारले सहायक तह चौथौंदेखि नवौं तहका कर्मचारीहरुको सरुवा गरेको छ । हालैमात्र प्रदेश सरकारले स्थानीय तहका कर्मचारीहरुको सरुवा मापदण्ड संशोधन गरेको थियो । सोही स्वीकृत मापदण्डको परिच्छेद ३ को दफा ६ बमोजिम भाद्र महिनाको सरुवा तालिका अनुसार अन्तर स्थानीय तह सरुवा हुन इच्छुक योग्यता पुगेका स्थानीय सेवाका स्थायी कर्मचारीहरूसँग आवेदन माग गरेको थियो ।



























