प्रदेश लोकसेवा आयोगको सचिवमा कुरुम्वाङ

कर्णाली प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको सचिवमा सहसचिव रामबहादुर कुरुम्वाङलाई पदस्थापना गर्ने निर्णय गरेको छ । कुरुवाङले यसअघि बर्दिया, बाँके र दाङ लगायतका जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर काम गरिसकेका उनी केही अघि सरुवा भएर कर्णाली प्रदेशमा पुगेका थिए । उपसचिव हुँदा समेत उनले दर्जनौं जिल्लाको कमाण्ड गरेका थिए ।

बिज्ञापन

यस्तै कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले पाएकी छन् । रुकुमपश्चिमबाट निर्वाचित खड्का मन्त्री हुनुअघि कर्णाली प्रदेशसभा प्रदेश मामिला समितिको सभापति थिइन् ।

बिज्ञापन

यस्तै मन्त्रिपरिषद् बैठकले इलाका प्रहरी कार्यालय राकम, दैलेखको अधुरो भवनका लागि १ करोड ६ लाख ५० हजार अख्तियारी माग गरेको छ । साथै प्रदेशसभा सदस्यलाई नियमानुसार स्वकीय सचिव सुविधा उपलब्ध गराउन प्रदेश सभालाई लेखी पठाउने निर्णय पनि प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्द्धन ऐन, २०८१ को पहिलो संशोधन विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

गौरीकुमारीको ठाउँमा गणेश कि रहविर ?

अमरेशको आक्रोश – ‘सरकारको केन्द्र सिंहदरबार होइन, ज्वागल बनेको छ’

गहभरी आँशु पारेर मन्त्रालयबाट बाहिरिइन मन्त्री यादव

प्रदेश लोकसेवा आयोगको सचिवमा कुरुम्वाङ

विवादस्पद् अभिव्यक्ति दिएकी उद्योग मन्त्री गौरीकुमारी यादवले दिइन राजीनामा

४६ शाखा अधिकृतको सरुवा : ३० लाई स्थानीय तह,१६ लाई ल्याइयो सिंहदरबार

परामर्शका लागि लोकसेवा आयोगमा पुग्यो संघीय निजामती सेवा विद्येयक

मन्त्रिपरिषद्को बैठक बस्दै : दुई सचिव बढुवाको सम्भावना

बिशेष