मन्त्रिपरिषद्को बैठक बस्दै : दुई सचिव बढुवाको सम्भावना

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

बिज्ञापन

आजको बैठकले दुई जना बरिष्ठ सहसचिवहरुलाई सचिवमा बढुवा गर्नसक्नेछ । बढुवा सिफारिस समितिले बरिष्ठ सहसचिव विनोद कुँवर एकल बढुवा सिफारिस गरेको छ । उनी ज्येष्ठताको आधारमा (२० प्रतिशततर्फ) नेपाल सरकारको सचिव पदका लागि एकल सिफारिस मा परेका हुन् । कार्यसम्पादन मूल्याङ्कन (८० प्रतिशत) का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता (२० प्रतिशत) बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने प्रावधान अनुसार यस पटक कुँवरको नाम एकल सिफारिसमा परेको हो ।

बिज्ञापन

यस्तै बढुवा सिफारिस समितिले सहसचिवत्रय उत्तरकुमार खत्री, कालीप्रसाद पराजुली र रूद्रसिंह तामाङको नाम सिफारिस गरेको छ । विगतमा तीन सहसचिवहरुलाई सचिवमा बढुवा गरिँदा पहिलो नम्बरका सहसचिवलाई बढुवा गरिएको उदाहरण छ । सो अनुसार,उत्तरकुमार खत्री सचिवमा उक्लने सम्भवना रहेको छ ।
यस्तै आजको क्याविनेटले गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र पुनर्स्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४६ शाखा अधिकृतको सरुवा : ३० लाई स्थानीय तह,१६ लाई ल्याइयो सिंहदरबार

परामर्शका लागि लोकसेवा आयोगमा पुग्यो संघीय निजामती सेवा विद्येयक

मन्त्रिपरिषद्को बैठक बस्दै : दुई सचिव बढुवाको सम्भावना

अख्तियार प्रमुख आयुक्त र न्यायधीश रेग्मीमाथि महाभियोग माग गर्दै निवेदन

प्रतिनिधि सभामा आज चार वटा विधेयक पेश हुँदै

बाढीले बगाउँदा पनि आत्तिएनन् सशस्त्रका गोताखोर रमेश, आफू बाँचेपछि मजदुरको जीवन बचाए

प्रधानमन्त्री कोषमा व्याट–३५ र ४० का शाखा अधिकृतहरूको सामुहिक सहयोग

चौथौंदेखि छैटौं तहका कर्मचारीको सरुवा

बिशेष