महिलाको मन्त्रालय,नीतिगत नेतृत्वमा पुरुष कर्मचारीकै बोलवाला

  मुख्यसचिवसहित अहिले बहालवाला विभिन्न सेवाका करिब ५६ सचिवहरु छन् । न्याय परिषद्को सचिवालय,राष्ट्रिय सतर्कता केन्द्र,सञ्चारबाट सूचना प्रविधि विभागलाई प्रधानमन्त्री कार्यालय मातहत तानेर बनाइएको सूचना,प्रविधितथा विद्युतीय शासन केन्द्र,महालेखा,अख्तियार, निर्वाचन आयोग,नेपाल ट्रष्टमा सचिवको दरबन्दी रिक्त छ । यी बाहेकका निकायमा कार्यरत महिला सचिवहरुमा सरिता दुवाडी उर्जा मन्त्रालय र हालै बढुवा भएर रक्षा मन्त्रालयमा पोष्टिङ्ग भएकी इन्दु घिमिरे हुन । यी बाहेकका महिला सचिवहरु सबै सिंहदरबारबाहिर कार्यरत छन् ।

बिज्ञापन

महिला सचिवहरुमा सामान्यबाट सरुवा भएर उपराष्ट्रपति कार्यालयमा पुगेकी चन्द्रकला पौडेल,सत्यनिरुपण आयोगमा निर्मला अधिकारी भट्टराई, नेपाल कानुन आयोगमा इन्दिरा दाहाल भट्टराई,महालेखामा कार्यरत रहेकी बिन्दु विष्ट, साउन १३ मा सूचना तथा सञ्चार मन्त्रालयबाट लखेटिएकी लक्ष्मी बस्नेतलाई तथ्यांक अधिकारीको रुपमा सरुवा गरिएको छ । यस अघि महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट अतिरिक्त समूहमा फालिएकी राधिका अर्याललाई कर्णाली प्रदेशतिर धपाइएको छ । यस्तै मुद्धा जितेर फर्किएकी स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगीताकौशल मिश्रलाई पनि जिम्मेवारीविहीन बनाइएको छ । संघीय १८ वटा मन्त्रालयमध्ये २ वटा मन्त्रालयमा महिला सचिव छन् । यस अघि उर्जा,महिला,सञ्चार,संघीय मामिला,परराष्ट्र लगायतका मन्त्रालयमा महिला सचिव थिए । यतिमात्र होइन कुनै समय सामान्यका ६ महाशाखामध्ये चार वटामा महिला प्रमुख थिए भने पहिलो पटक वैदेशिक रोजगार विभागमा महिला महानिर्देशक बनाइएको थियो । हालैमात्र उनलाई समेत फिर्ता ल्याइएको छ । अब महानिर्देशकको रुपमा कार्यरत महिला मनमाया पंगेनीमात्र हुन,उनी लामो समयदेखि हुलाक सेवा विभागमा कार्यरत छिन् ।

बिज्ञापन

स्वार्थ समूहले महिला कर्मचारीबाट काम हुन नसक्ने निष्कर्ष निकालेपछि एकपछि अर्कोलाई सिंहदरवारबाट खेदिएको छ । यो क्रम महिला मन्त्रालयसम्म पुगेको छ । जहाँ मन्त्री महिला छन्, तर सचिवदेखि महाशाखा प्रमुखसम्म पुरुष । नाम फेरेर महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बनाइयो । जहाँ यस अघि मन्त्रीदेखि महाशाखा प्रमुखसम्म महिलै थिए,अहिले सबै महिलालाई धपाइएको छ । लक्ष्मी बस्नेतलाई तथ्यांक कार्यालयमा खेदेबाट शुरु भएको यो काम अब सहसचिव तहमा पुगेका छ ।

मन्त्री सीता बादी कुर्सीमा पुगेसँगै शुरुमा राधिका अर्याललाई खेदियो । त्यस पछि त्यहाँ अहिले कृष्णबहादुर राउत जिम्मेवारीमा पुगेका छन् । सो मन्त्रालयको महिला सशक्तीकरण महाशाखा लामो समयदेखि सहसचिव आभा श्रेष्ठले सम्हाल्दै आएकी थिइन् । श्रेष्ठ कृष्णहरि पुष्करको पत्नी हुन । तर बढुवाको मुखमा रहेकी उनलाई मधेस प्रदेशमा पठाइएको छ । मन्त्रालयमा रहेको तीन वटै शाखा क्रमश चक्रबहादुर बुढा, यमेन्द्र उपाध्याय र विपिन आचार्यले सम्हाल्न थालेका छन् । यो हिसाबले महिलाको मन्त्रालय, तर नीतिगत नेतृत्वमा पुरुषकै हालीमुहाली चलेको टिप्पणी हुन थालेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जेनजी सहिदको शालिक अनावरण स्थगित, फर्किए मन्त्रीहरु

लहडी निर्णय, लामो लफडा

महिलाको मन्त्रालय,नीतिगत नेतृत्वमा पुरुष कर्मचारीकै बोलवाला

बरिष्ठ सहसचिव खत्री, पराजुली र तामाङ सचिव बढुवा सिफारिस

अब कर्मचारीको कामको ‘ग्रेडिङ’, कमजोर देखिए कारबाही

परामर्शका लागि संघीय निजामती विद्येयक आज लोकसेवा आयोग पठाइँदै

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

बिशेष