सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

   आदरणीय प्रधानमन्त्रीज्यू, शिक्षा तथा खेलकुद मन्त्रीज्यू, नवप्रवर्तन मन्त्रीज्यू , लोक सेवा आयोगका अध्यक्षज्यू,राष्ट्रिय सुचना आयोग आयुक्तज्यू  र सम्बन्धित अन्य निकाय प्रमुखज्यू,

बिज्ञापन

यो देशमा सपना देख्नु नै सबैभन्दा ठूलो अपराध हो? कि सरकारी सेवामा प्रवेश गरेर देशको मुहार फेर्छु भन्नु महापाप हो? आज म एउटा कोठामा थुनिएर, आफ्नो जीवनका ऊर्जावान् १० वर्ष लोक सेवा (PSC) को तयारीमा होमिएको, तर वर्तमान प्रणालीको अपारदर्शिताको खाडलमा पुरिएको एउटा जिउँदो लासका रूपमा यो संदेश  लेख्दैछु।
भर्खरै नेपाल राष्ट्र बैंकको नतिजा प्रकरणमा लोक सेवा आयोगबाट भएको अक्षम्य मानवीय त्रुटिले हामी जस्ता लाखौं परीक्षार्थीहरूको मुटु क्षतविक्षत पारेको छ। जुन संस्थालाई हामीले निष्पक्षताको अन्तिम धरोहर मान्यौं, त्यहीँ भित्र गुपचुप रूपमा हुने यस्ता गल्तीहरूले हाम्रो भाग्य र भविष्य कसरी ओल्टाइपल्टाइ भइरहेको छ भन्ने डरलाग्दो ऐना देखाएको छ।

बिज्ञापन

निजामतीमा सेवामा सबै चरण पार गरेपछी मात्र भएपनी अन्तिम प्राप्ताङ्क हेर्न पाइने तर संगठित संस्थाहरूको हकमा सबै चरण पार गर्दा पनि आफ्नो नम्बर समेत थाहा नपाई शून्यमा बिलाउनुपर्ने यो कस्तो न्याय हो? सर्वोच्च अदालतले परीक्षार्थीको सूचनाको हक र पारदर्शिताको पक्षमा आदेश जारी गर्दा पनि आयोगले अझैसम्म अरू देशमा जस्तो कपि (  प्राप्ताङ्क मात्र हैन) नै हेर्न मिल्ने व्यवस्था किन लागू गर्न सकेन? संसारका विकसित देशहरू र छिमेकी देश भारत (UPSC) मा समेत परीक्षाको नतिजापछि परीक्षार्थीले परीक्षा हलकै जस्तो कडा सुरक्षा घेरा, CCTV र अधिकृतहरूको रोहबरमा आफ्नो उत्तरपुस्तिका भौतिक रूपमा हेर्न र गल्ती औंल्याउन पाउने अधिकार राख्छन्। तर नेपालमा भने आफ्नो जिन्दगीभरको मिहिनेत कुन पानामा, कुन परीक्षकको सनकका भरमा केरियो र आफू कहाँ चुकियो भन्ने सत्यता समेत थाहा नपाई युवाहरू डिप्रेसन र आत्महत्याको सङ्घारमा पुग्न बाध्य छन्। नवप्रवर्तन र डिजिटल नेपालको नारा लगाउने मन्त्रीज्यूहरू! के एउटा परीक्षार्थीले निश्चित दस्तुर तिरेर, CCTV,सुरक्षा घेराभित्र बसी आफ्नो मात्र कपी हेर्न पाउने ‘Inspection Cell’ वा ‘On-Screen Digital Viewing’ प्रविधिको विकास गर्न हाम्रो प्रविधि र कानुन अक्षम छ र? परीक्षाको गोपनीयता परीक्षकको नाम लुकाउनुमा हुन्छ, परीक्षार्थीको आफ्नै उत्तर लुकाउनुमा होइन।
           

तसर्थ  हाम्रो स्पष्ट माग छ:
• लोकसेवाले लिने सबै  परीक्षामा  प्रतिस्पर्धामा रहेका सबै सहभागीको प्राप्ताङ्क (Scorecard) अनिवार्य तोकिएको प्रक्रिया पूरा गरि हेन मिल्ने ब्यबस्था गरियोस्।
• परीक्षार्थी स्वयं उपस्थित भई, कडा सुरक्षा मापदण्ड (CCTV, मोबाइल निषेध) भित्र रहेर प्रक्रिया पूरा गरि आफ्नो उत्तरपुस्तिका आफैँले हेर्न पाउने कानुनी र व्यावहारिक व्यवस्था तत्काल लागू गरियोस्।

बिज्ञापन

युवाहरूको आँसु र निराशाको जगमा उभिएको प्रशासनले कहिल्यै देश समृद्ध बनाउन सक्दैन। हाम्रो मिहिनेतको कदर होस्, हाम्रो कमजोरी पत्ता लगाउने अधिकार सुनिश्चित गरियोस्। लोक सेवा आयोगप्रतिको साख बचाउन र मुलुकको प्रतिभालाई खाडी पलायन हुनबाट रोक्न यो प्रणालीगत सुधार आजै र अहिल्यै गरियोस्।

भवदीय,
निराश तर न्यायको पर्खाइमा रहेका लोक सेवा आयोगका तयारी गरिरहेका परीक्षार्थीहरू।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

पालिका आगजनीमा कर्मचारीकै संलग्नता

प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

बिशेष