भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

भोटेकोशीमा बग्दैन पानी
बग्छ आँसु र पीडा
निहत्था मान्छेहरुको मुटु कुल्चेर
देख्दै गरेको सपना एकाएक बगी जान्छ
सम्बन्धका न्याना हातहरु टुटाएर
बिछोडको नमिठो कथा लेख्दै जान्छ ।
आँगनहरु सुनसान छन
छैन बालबालिकाको सुमधुर हाँसो
आँगन भरी उफ्रने खुसीका पाइलाहरु
अनायसै रोकिएका छन
आमाहरु छाती पिटेर रुन्छन
बाबुको मन पीडाले चर्कि रहेकै छ ।
घरका दिवालहरु मौन छन
आफ्नै भग्नावशेषले थिचिएर
हराएका सपना खोज्न नसकी
निराशाका दुःखद गीत गाउँछन
हिजो जीवन चलिरहेकै थियो
आज मृत्युको छाया कुद्छ
समय र ठाँउ उही भए पनि
त्यहीबाट हराएका छन सृष्टिका सुन्दर फूलहरु
र बदलिएको छ दैनिकी
हिजो जीवन हाँस्थ्यो, आज मृत्यु हाँस्छ
बाढीले घर खेत  बगायो
आमाको काख बगायो
बाबुको साथ बगायो
मेहनतले बनाएको सुन्दर संसार बगायो ।
बाटो बगायो
पुल बगायो
बगायो जलबिद्युत संरचना
मान्छेहरु सुरुङ भित्रै फसिरहे
जीवन मरणको अभिलेख छैन
बोल्ने बोलाउने मान्छे छैन
खाने ख्वाउने मान्छे छैन
मान्छेहरु जीवनको झिनो आशा बोकेर
उद्धार र राहतको प्रतीक्षामा छन
सरकार उदासीनता प्रकट नगर
हामी साथ दिन तयार छौ भन्दा भन्दै
एकलकाँटे निर्णय गर्ने दुष्साहस नगर ।
भोटेकोशी !
मानवता किन खोस्यौ ?
तिम्रो काम जीवन दिनु थियो
तिमीले त जीवन खोसेर लग्यौ
तिमीले दिएको पीडा कदापि भुल्ने छैन मान्छे
भन भोटेकोशी !
तिम्रो रौद्रता कहिले सम्म ?
म शोकम बजाउँदिन शोकधुन
शोकधुनले नियास्रो जगाउँछ
बिरहको बजाउँदै नबजाउ बाँसुरी
बाँच्नेहरुको मनमा पीडा जाग्छ
चहर्याउँछ पोलिरहेको घाउ
सहानुभूति मलहम पट्टि हुन सक्छ
दुखेको मन बोकेर
श्रद्धाञ्जली दिउँ कसरी ?
नियतिले चुट्न सम्म चुट्यो
अपाङ्ग घाइते छटपटि रहेछन
जिजीविषा मरेको छैन
म प्रार्थना गर्छु
स्निग्ध जिन्दगीको ।
(०८३/०५/१० को भोटेकोशी बाढीले निम्त्याएको बितण्डा र बिदारक घटना प्रति )
सुन्दरहरैंचा –६, दुलारी, मोरङ
९८४२०७३५२५
बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

पालिका आगजनीमा कर्मचारीकै संलग्नता

प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

बिशेष