ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, तीन जना पक्राउ
ललितपुर — ललितपुरमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागूऔषधका रूपमा प्रयोग हुने ट्रामाडोल बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल, नं. २१ गण हे.क्वा. दक्षिणकाली ललितपुरबाट परिचालित टोलीले छुट्टाछुट्टै कारबाहीका क्रममा ट्रामाडोलसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित एपीएफ इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा गणबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–९ च्यासल क्षेत्रमा निगरानी तथा कारबाही सञ्चालन गरेको थियो। २०८३ भदौ २२ गते दिउँसो करिब ३ः३० बजे गरिएको कारबाहीका क्रममा दुई जना पुरुषलाई ठूलो परिमाणमा ट्रामाडोलसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

बिज्ञापन

नियन्त्रणमा पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१७ घर भई हाल सातदोबाटोमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय सुरेन्द्र राई र ललितपुर महानगरपालिका–१२ घर भई हाल शंखमुलमा कोठा भाडामा बस्दै आएका ३२ वर्षीय सुजित देउला रहेका छन्।
उनीहरूको साथबाट ५८ बक्समा रहेको १ हजार ७ सय ४० फाइल अर्थात् १७ हजार ४ सय क्याप्सुल ट्रामाडोल बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। उनीहरूबाट दुई थान एन्ड्रोइड मोबाइल, एक थान साधारण मोबाइल तथा बा.६१ प २३०९ नम्बरको DEO कम्पनीको स्कुटरसमेत बरामद गरिएको छ।यसैबीच, सोही गणबाट परिचालित अर्को टोलीले ललितपुर महानगरपालिका–७ दोपाटस्थित एक घरमा भाडामा बस्दै आएकी मिना भुजेलको कोठाबाट ठूलो परिमाणमा ट्रामाडोल बरामद गरेको छ।

बिज्ञापन

सशस्त्र प्रहरीका अनुसार इन्टेलिजेन्स ब्युरोबाट प्राप्त सूचनाका आधारमा गरिएको खोजतलासका क्रममा भुजेलले भाडामा लिएको कोठामा लुकाइराखेको अवस्थामा Tramadol Hydrochloride Capsule Tramol-50 बरामद गरिएको हो। उक्त कारबाहीका क्रममा ८ हजार ८ सय १३ फाइल अर्थात् ८८ हजार १ सय ३० पिस ट्रामाडोल बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद लागूऔषध तथा नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, ललितपुरमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २१ गण हे.क्वा. दक्षिणकाली ललितपुरका गणपतिले जानकारी दिएका छन्।

बिज्ञापन

ललितपुरमा छोटो अवधिमै यति ठूलो परिमाणमा ट्रामाडोल बरामद हुनुले राजधानी क्षेत्रमा चिकित्सकीय प्रयोजनबाहेक लागूऔषधका रूपमा यसको प्रयोग तथा अवैध कारोबार बढिरहेको हुनसक्ने देखाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

५० हजार घुस बुझ्ने दुई कर्मचारी निलम्बित

संकटमा मानवीयताको हात : बिराटनगर महानगरपालिकाद्धारा १ करोड १ हजार राहत

मन्त्रिपरिषद्‌मा पुग्यो संघीय निजामती विद्येयक, ३०–५५ को प्रावधान यथावत

गृहले खटायो नयाँ विभागमा महानिर्देशक,१३ दरबन्दी स्वीकृत

नेपालको योगदान र जलवायु भार

बिशेष