५० हजार घुस बुझ्ने दुई कर्मचारी निलम्बित

भूमिसुधार मन्त्रालयका दुई कर्मचारी निलम्बनमा परेका छन् । काठमाडौँस्थित कलंकी नापी कार्यालय कलंकीका तत्कालीन नापी अधिकृत हिरालाल पार्घे र सर्भेक्षक अमित कुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै ती निलम्बनमा परेका हुन ।

बिज्ञापन

त्यहाँका प्रमुख नापी अधिकृत, नापी अधिकृत र सर्वेक्षकले सेवाग्राहीलाई महिनौं झुलाई लाखौं असुलेर मात्र काम गरिदिएको उजुरी अख्तियारमा पुगेको थियो । सात वर्षदेखि निरन्तर एउटै व्यक्ति प्रमुख रहेको नापी विभागअन्तर्गतको नापी कार्यालय कलंकीका नापी अधिकृत हिरालाल पार्धे र नुवाकोटका सर्वेक्षक अमित श्रेष्ठको जागिर अख्तियारले मुद्धा अगाडि बढाएसँगै निलम्बनमा परेको हो ।

बिज्ञापन

कलंकीमा कार्यरत हिरालाल टोली प्रमुख थिए । अमित नुवाकोटबाट काजमा आए । प्रमुख अधिकृतको आदेशमा अमितलाई हिरालालकै टोलीमा सामेल गराइयो । सेवाग्राहीसँग लिइने ‘खुश’ (सेवाग्राही खुशी भएर दिने रकमलाई कर्मचारीवृत्तमा ‘खुश’ भन्ने गरिन्छ) को काम पनि चलिरहेकै थियो । हिरालालकै क्षेत्रअन्तर्गत घडेरी किनबेचका क्रममा लालपुर्जामा उल्लेख गरिएभन्दा फिल्डमा बढी जग्गा भएको काम आयो । बेच्ने र किन्ने दुवै राजी, बढेको जग्गा कायम गरी क्रेताका नाममा लालपुर्जा बनाउनुपर्ने थियो । बढेको जग्गा पुर्जामा समेटेवापत केही लाख कर्मचारीलाई दिने सहमति भयो । फाइल अमितले टोली नेता हिरालाललाई बुझाए ।

दाङ नापीमा काम गर्दादेखि नै कमाउन सिपालु हिरालालले अमितमार्फत जग्गा किन्नेले गरेको कबुलभन्दा बढी रकम आशा राखे । हाकिमसँग समन्वय गरी फाइल घर्रामा थन्काइदिए । यता अमितले पनि ध्यान दिएनन् । यस क्रममै अमितको काज अवधि सकियो र त्रिशुली फर्किए । दुई महिनासम्म पनि काम नभएपछि जग्गावालाले अमितलाई फोन गरे । उनले तत्काल हिरालाललाई फोन गरी अझै त्यो काम भएन सर ? भनी सोधे । हिरालालले यो तपाईंले नै गर्ने हो, मैले सरसँग पनि कुरा गरिसकेको छु, उहाँ र म सँगै छौं भने । म त यता आइसकें, अब कसरी गर्न सक्छु र भन्दा हिरालालले तपाईं त्यहाँ बिदा लेखेर आउनुस्, कामबारे यतै छलफल गरौंला भनेपछि अमित कलंकी आए । काम अमितमार्फत नै अघि बढाइयो ।

बिज्ञापन

महिनौं काम नभएर दिक्क जग्गावालाहरू मागबमोजिम रकम दिन तयार भए । योजनाबमोजिम अमित जग्गावालाबीच भेट भयो । तर, अमित वातावरण अनुकूल नभएको छनक पाई पिसाब फेर्ने बहानामा सुइँकुच्चा ठोके । हिरालालले नै लगातार फोन गरी विभागदेखि मन्त्रालयसम्म पहुँचको आश्वासन दिंदै आऊ, काम गरौं, केही फरक पर्दैन भनेपछि अमित फेरि अर्कोपटक बिदा लिएर कलंकी आए । हिरालालले लुकाएर घर्रामा थन्काएको फाइलमा अमितले काज रहँदाकै पुरानो मिति राखी हस्ताक्षर ठोके । सबै काम समन्वय गरी हिरालालले मिलाए र मागबमोजिमको रकम पनि बुझे । मन्त्रालयमा राम्रै शुभलाभ पुर्‍याएर कलंकी नापीको प्रमुख बनेका भनिएका कार्यालय प्रमुख हिरालाल र अमितले आएको ‘खुश’ भागबण्डा त गरे तर यता अख्तियारमा उजुरी परिसकेको थियो ।

बढी रकम माग गरी महिनौंसम्म काम नगरिदिएर हैरानी खेपेका सेवाग्राहीले घुसको रकम र नम्बरसहित उजुर दिएपछि शुरुमा अमित र पछि हिरालाललाई अख्तियारले हिरासतमा राखेको थियो । उजुरी, आरोपीको बयान र फोनमा उपलब्ध प्रमाणलाई आधार बनाई अख्तियारले असार २५ गते पत्र पठाएर उनीहरूलाई निलम्बन गर्न आदेश दिएको थियो । सो समयमा आयोगको पत्रमा हिरालाल र अमितलाई निलम्बन गरी जानकारी महाशाखा नं १२, कोठा नं ३१ मा यथाशीघ्र गराउन भनिएको थियो ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ५० हजार रुपैयाँ बिगो कायम गरी सोहीअनुसार कैद तथा जरिवाना असुल गर्न मागदाबी गरेको छ । उनीहरूविरुद्ध सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

५० हजार घुस बुझ्ने दुई कर्मचारी निलम्बित

संकटमा मानवीयताको हात : बिराटनगर महानगरपालिकाद्धारा १ करोड १ हजार राहत

मन्त्रिपरिषद्‌मा पुग्यो संघीय निजामती विद्येयक, ३०–५५ को प्रावधान यथावत

गृहले खटायो नयाँ विभागमा महानिर्देशक,१३ दरबन्दी स्वीकृत

नेपालको योगदान र जलवायु भार

बिशेष