संकटमा मानवीयताको हात : बिराटनगर महानगरपालिकाद्धारा १ करोड १ हजार राहत

बाढीको बितण्डाका कारण मुलुक शोकमा रहेका बेला विराटनगर महानगरपालिकाले सरकारको विपद् व्यवस्थापन कोषमा १ करोड एक हजार जम्मा गरेको छ । पालिकाको प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई रकम हस्तान्तरण गरेका हुन्।

बिज्ञापन

महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट ११ लाख, जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक/शिक्षिकाको मासिक पारिश्रमिकता समेत गरी एक करोढ एकलाख हस्तान्तरण गरिएको पालिकाले जनाएको छ ।

बिज्ञापन

पछिल्लो विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले महानगरपालिकाले कोषमा उक्त रकम उपलब्ध गराएको हो।

पालिकाका मेयर नागेश कोइरालाले विपतको घडीमा पीडित नागरिकलाई एक्लो महसुस हुन नदिने प्रतिवद्धता अनुसार र देशको कुनै कुनामा परेको पीडा सम्पूर्ण नेपालीको पीडा महसुस गर्दै महानगरपालिकाले एक करोड एक हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।

बिज्ञापन

कोइरालाले पीडितको पीडामा मलह लगाउन र निराशामा आशा जगाउन र संकटमा मानवीयताको हात अगाडि बढाउन एकै ठाउँमा उभिन आवश्यक रहेको जनाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संकटमा मानवीयताको हात : बिराटनगर महानगरपालिकाद्धारा १ करोड १ हजार राहत

मन्त्रिपरिषद्‌मा पुग्यो संघीय निजामती विद्येयक, ३०–५५ को प्रावधान यथावत

गृहले खटायो नयाँ विभागमा महानिर्देशक,१३ दरबन्दी स्वीकृत

नेपालको योगदान र जलवायु भार

“निजामती सेवाबाट नागरिक सेवातर्फ: वेबरियन ढाँचाको असान्दर्भिकता र नयाँ सोच”

आज राष्ट्रिय शोक

विपत्तिको बेला काम गर्न नसकेको आरोप, रसुवाका सीडीओ नरेन्द्र परियार दुई महिना नपुग्दै तानिए

उत्कृष्ट प्रहरीको पुरस्कार थापेका तीन पक्राउ,एक दोषी ठहर

बिशेष