मन्त्रिपरिषद्‌मा पुग्यो संघीय निजामती विद्येयक, ३०–५५ को प्रावधान यथावत

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मन्त्रिपरिषद्‌मा पुगेको छ ।

बिज्ञापन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो विधेयकलाई लोकसेवा आयोगको परामर्शका लागि मन्त्रिपरिषद् पठाउने निर्णय गरेको हो । यस अघि सो विद्येयक उपर नयाँ सरकार बनेसँगै गत वैशाखमै विधेयकको मस्यौदा सार्वजनिक गरी देशभरबाट सुझाव मागेको थियो। सात हजारभन्दा बढी सुझावहरुलाई समेटेर अर्थ मन्त्रालयमा सहमतिका लागि पठाएको विद्येयक जेठको पहिलो साता सहमति प्राप्त भएपछि १२ जेठमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको थियो । सो विद्येयक झण्डै ७२ दिन कानुन मन्त्रालयमा होल्ड भएर पुन सामान्यमा पुगेको थियो ।

बिज्ञापन

विद्येयकमा ३० र ५५ को प्रावधान घुसाइएसँगै पुन रायका लागि अर्थ मन्त्रालयमा पठाइएको थियो । यसअघि अर्थ मन्त्रालयको सहमति लिएर संघीय निजामती सेवा विधेयकको मसौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको थियो तर बीचमै मस्यौदामा ३०–५५ को प्रावधान घुसाइएसँगै आर्थिक दायित्व सिर्जना गर्न सक्ने केही व्यवस्था थप तथा परिमार्जन भएपछि कानुन मन्त्रालयले ती विषयमा पुनःअर्थको सहमतिका लागि अर्थमा पठाइएकोमा अर्थले ग्रीन सिग्नल दिएको थियो ।

विधेयकमा प्रस्तावित ‘३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेर हद’ तोकेर कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्थामा अर्थ मन्त्रालयले सहमति दिएको थियो । सामान्य प्रशासनले अर्थबाट सहमति पाएपछि पुनः कानुन मन्त्रालयमा पठाएको छ। विधेयक कानुन मन्त्रालयबाट फर्किएसँगै क्याविनेटमा पठाइएको हो अब क्याविनेटबाट लाके सेवा आयोग पठाइने र त्यसपछि मन्त्रिपरिषदबाट स्वीकृति भएर प्रतितिनिधि सभामा पेस हुने छ।

बिज्ञापन

अर्थबाट सहमति प्राप्त भएसँगै सामान्यमा पुगेको विद्येयक गत १८ भदौंमा मन्त्रिपरिषद्मा पठाएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।सामान्य प्रशासनका उच्च अधिकारीहरुका अनुसार लोकसेवा आयोगसँगको परामर्शका लागि गत भदौं १८ मा क्याविनेटमा पठाइएको हो । सो विद्येयकमा ३० वर्षे सेवा अवधि वा ५५ वर्षे उमेर हदको प्रावधान यथावत राखिएको सामान्य प्रशासन स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संकटमा मानवीयताको हात : बिराटनगर महानगरपालिकाद्धारा १ करोड १ हजार राहत

मन्त्रिपरिषद्‌मा पुग्यो संघीय निजामती विद्येयक, ३०–५५ को प्रावधान यथावत

गृहले खटायो नयाँ विभागमा महानिर्देशक,१३ दरबन्दी स्वीकृत

नेपालको योगदान र जलवायु भार

“निजामती सेवाबाट नागरिक सेवातर्फ: वेबरियन ढाँचाको असान्दर्भिकता र नयाँ सोच”

आज राष्ट्रिय शोक

विपत्तिको बेला काम गर्न नसकेको आरोप, रसुवाका सीडीओ नरेन्द्र परियार दुई महिना नपुग्दै तानिए

उत्कृष्ट प्रहरीको पुरस्कार थापेका तीन पक्राउ,एक दोषी ठहर

बिशेष