गृहले खटायो नयाँ विभागमा महानिर्देशक,१३ दरबन्दी स्वीकृत

  गृह मन्त्रालयले नयाँ विभाग स्थापना गरेको छ । यस अघि गृह मातहत रहेको शाखालाई मन्त्रालयको ओ एन्ड एम पछि लागु औषध नियन्त्रण विभाग बनाएको हो । गृह मन्त्रालयले केही अगाडि गरेको ओएनएममा पहिलोपटक लागूऔषध नियन्त्रण विभाग स्थापना गरिएको थियो । बढ्दो लागूऔषध कारोबार, दुरुपयोग तथा सीमापार हुने अवैध ओसारपसारलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने उद्देश्यले गृहले यस अघि शाखा रहेको लागूऔषधलाई विभागमा रुपान्तरण गरेको हो । लागूऔषध नियन्त्रणसम्बन्धी काम गृह मन्त्रालय र नेपाल प्रहरीका विभिन्न निकायमार्फत सञ्चालन हुँदै आएको थियो। अब भने नीति निर्माण, समन्वय, अनुसन्धान, रोकथाम, पुनःस्थापना कार्यक्रम तथा अन्तरनिकाय सहकार्यलाई एकीकृत रूपमा अघि बढाउन छुट्टै विभाग स्थापना गरिएको हो ।

बिज्ञापन

सो विभागमा १ सहसचिव, २ उपसचिव, ३ शाखा अधिकृत, ५ नायब सुब्बा र २ कम्प्युटर अपरेटरको दरबन्दी पनि स्वीकृत गरिएको छ । जहाँ सहसचिव ऋषिराम तिवारीलाई विभागको महानिर्देशकको रूपमा सरुवा गरेको छ ।

बिज्ञापन

हालैमात्र गृहले २३ जना सहसचिव र उपसचिवहरुको सरुवा गर्दा सहसचिव तिवारीलाई लागू औषध विभागको महानिर्देशकको रुपमा खटाइएको हो । नयाँ गठन भएको लागुऔषध नियन्त्रण विभागको महानिर्देशकमा भने गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख ऋषिराम तिवारीलाई पठाइएको छ। तिवारी यस अघि काठमाडौंको सिडिओ चलाइसकेका प्रशासक हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

गृहले खटायो नयाँ विभागमा महानिर्देशक,१३ दरबन्दी स्वीकृत

नेपालको योगदान र जलवायु भार

“निजामती सेवाबाट नागरिक सेवातर्फ: वेबरियन ढाँचाको असान्दर्भिकता र नयाँ सोच”

आज राष्ट्रिय शोक

विपत्तिको बेला काम गर्न नसकेको आरोप, रसुवाका सीडीओ नरेन्द्र परियार दुई महिना नपुग्दै तानिए

उत्कृष्ट प्रहरीको पुरस्कार थापेका तीन पक्राउ,एक दोषी ठहर

सिडियोलाई गृहको परिपत्र: ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

भोटेकोशी बाढी : ७१ कर्मचारी ६८ सुरक्षाकर्मी वेपत्ता

बिशेष