विपत्तिमा चार वाणिज्य बैंक वेपत्ता

  भदौ १० मा रसुवास्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ अर्ब बढी रकम सहयोग जुटिसकेको छ । कोषमा सङ्कलित कुल रकममध्ये दुई अर्ब आठ करोड रुपियाँ पहिलेकै बचत हो ।

बिज्ञापन

नेपालभित्र बैङ्क, वित्तीय तथा बिमासँग सम्बन्धित संस्थाहरू, जलविद्युत् आयोजना, कर्पोरेट हाउस र व्यक्तिगत रूपमा पनि ठुलो रकम योगदान गर्ने क्रम निरन्तर छ । सो कोषमा १६ वटा वाणिज्य बैंक र ९ वटा विकास बैंकले योगदान गरेका छन् ।

बिज्ञापन

सबैभन्दा बढी सुर्य नेपालले १५ करोड,चौधरी फाउण्डेसनको तर्फबाट १५ करोड,स्वतन्त्र उर्जा उत्पादक संघको तर्फबाट १३ करोड सहयोग रकम उपलव्ध गराइएको छ । यस्तै,संस्थागत रुपमा आइएमइ ग्रुप गोर्खा ब्रुअरीले १० १० करोड सहयोग गरेका छन् । व्यक्तिगत तबरबाट राजी राणाले १ करोड ९ लाख सहयोग गरेकी छिन् । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले व्यक्तिगततर्फ अहिलेसम्मकै ठुलो रकम सहयोग गरेकी हुन । यस्तै अंगला अमात्यले १ करोड ८ लाख,बिजयकुमार शाहले १ करोड सहयोग गरेका छन् । यसरी सहयोग गरेको रकममध्ये हिमालयन र लक्ष्मी सनराइज बैङ्कमा रहेको डलर खातामा विश्वभरबाट बाढीपछि एक करोड ९८ लाख अमेरिकी डलर अर्थात् दुई अर्ब ९९ करोड रुपियाँ सङ्कलन भएको छ ।

हालसम्मको तथ्यांक अनुसार, वाणिज्य बैंकबाट ४७ करोड ४८ लाख ११ हजार र विकास बैंकबाट ३ करोड ४६ लाख ७५ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा रकम जम्मा भएको हो। यसरी सहयोग गर्नेहरुमा ग्लोबल आइएमई बैंक ५ करोड,नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ करोड १ लाख,एनएमबि बैंकले ३ करोड ५१ लाख, नेपाल बैंकले ३ करोड १० लाख, कुमारी बैंकले ३ करोड,प्राइम कमर्सियल बैंकले ३ करोड १ लाख, हिमालयन बैंकले ३ करोड १ लाख, राष्ट्रिय वाणिज्य बैंकले ३ करोड, सानिमा बैंकले २ करोड २५ लाख, एभरेस्ट बैंकले २ करोड ५१ लाख, सिद्धार्थ बैंकले २ करोड ५१ लाख, एनआइसी एसिया बैंकले २ करोड २१ लाख, प्रभु बैंकले २ करोड ११ लाख ११ हजार १११ र माछापुच्छ्रे बैंकले २ करोड १ लाख रुपैयाँ सहयोग गरिसकेका छन् भने वाणिज्य बैंकमध्ये नबिल, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबिआई र सिटिजन्सले सहयोग गरेका छैनन् । विकास बैंकमध्ये कर्पोरेट डेभलपमेन्ट बैंक, गरिमा, ग्रीन डेभलपमेन्ट, सिन्धु विकास, नारायणी, एक्सेल र सप्तकोसीले डेभलपमेन्टले कोषमा रकम जम्मा गरेका छैनन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विपत्तिमा चार वाणिज्य बैंक वेपत्ता

पहिलो ‘पोस्टिङ’मा टिमुरे पुगेका आयुष बिलाए बाढीमा

६ सचिव रिक्त,महिना दिनभित्रैमा पाँच जाँदैछन् अनिवार्य अवकाशमा

११ दिनदेखि सुरुङको मुखमा आशा : ‘मेरो छोरा जीवितै छ, उद्धार गरेर ल्याइदिनुस्’

सुरुङबाट तीन र घरको भग्नावशेषबाट एक महिला गरी चारको उद्धार,आशाको सञ्चार

बाढीले पुरिएको ११ औँ दिनपछि सशस्त्र प्रहरीद्धारा चण्डिका श्रेष्ठको जीवित उद्धार

१७ सयको मासु खान सक्नेले २१ सयको ग्यास महँगो भन्न मिल्दैन’ : आयल निगमका कार्यकारी निर्देशक साह

रसुवामा कार्यरत १२ स्वास्थ्यकर्मी अझैं सम्पर्कविहीन

बिशेष