सर्वोच्च अदालतमा गएराति आगलागी भएको छ । सर्वाेच्च अदालत प्रशासनका अनुसार गत राति साढे १२ बजे नयाँ भवनको भुइँतलामा आगलागी भएको हो । जहाँ अभिलेख शाखा रहेको छ ।
सो शाखामा आगालागी हुँदा केही मिसिलहरु जलेर ध्वस्त भएका छन् । सर्वाेच्च अदालतका कर्मचारीहरुका अनुसार,तीन वटा स्टिलको दराजमा भएको प्रमाण मिसिल जलेर नष्ट भएका छन् ।
आगलागी पछि राति नै काठमाडौं महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको सर्वाेच्च प्रशासनले जनाएको छ ।
बिज्ञापन
विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । आगलागीका कारण बुझ्न अहिले सर्वोच्च प्रशासन र प्रहरीले भिन्नाभिन्नै छानबिन सुरु गरेका छन् । विद्युत् सर्ट भएर हो वा अन्य कारणले आगलागी भएको हो ? सो बिषयमा अहिले प्रशासनिक र प्रहरीको लेवलबाट छानबिन भइरहेको जनाइएको छ । अवाञ्छित गतिविधि हो कि होइन छानबिनबाट थाहा हुने बताइएको छ ।





























