वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारीमा नवराज ढकाल नियुक्त भएका छन्। युवा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत पुस पहिलो साता विभागको महानिर्देशक बनाएर पठाएको मिरा आचार्यलाई हटाएर ढकाललाई नियुक्त गरेको हो ।
बिज्ञापन
आचार्य सुशीला कार्की प्रधानमन्त्री हुँदा विभागको पहिलो महानिर्देशको रुपमा त्यहाँ पुगेकी थिइन । विभागको पहिलो महिला महानिर्देशकको रुपमा त्यहाँ पुगेकी आचार्यलाई ८ महिनामा हटाएर ढकाललाई महानिर्देशकको रुपमा खटाइएको हो । औसतमा हेर्ने हो भने यो विभागमा कुनै पनि महानिर्देशकले सात आठ महिनाभन्दा बढी समय काम गर्न सकेका छैनन । अधिकांश महानिर्देशकहरु सात आठ महिनामै सरुवा हुने गरेका छन् । नयाँ सरकारले पनि त्यसलाई निरन्तरता दिएको छ । मीरा आचार्य,कमल भट्टराई,डन्डुराज घिमिरे,सूर्यबहादुर खत्रीमात्र होइन । त्यस अघि कृष्णप्रसाद दवाडी महानिर्देशक भएर आएका थिए । ४ महिनापछि दवाडीलाई प्रतिस्थापन गर्दै १० भदौ २०७८ मा दीपक काफ्ले महानिर्देशक बने । काफ्लेले ५ महिना काम गरेपछि २५ माघ २०७८ मा शेषनारायण पौडेल विभागको नेतृत्वमा आए । पौडेलले करिब ६ महिना काम गरेपछि १ भदौ २०७९ उमाकान्त आचार्य विभागको महानिर्देशक नियुक्त भए । आचार्यले एक वर्ष पनि काम गर्न पाएनन्, २ जेठ २०८० मा मदन दाहाललाई विभागको महानिर्देशक बनाएर खटाइयो । दाहाल पनि करिब ६ महिनामात्रै विभागमा बस्न पाए । २३ मंसिर २०८० डन्डुराज घिमिरेलाई विभागको महानिर्देशक बनाइयो । घिमिरेले ६ महिनामै सरुवा भएका थिए । वर्तमान सरकारले पनि आठ महिनामै मीरा आचार्यलाई सरुवा गरेर त्यहाँ नवराज ढकाललाई खटाएको छ ।
बिज्ञापन
यस अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेका ढकाललाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको थियो । प्रधानमन्त्री कार्यालयबाट प्रशासनको दरबन्दी कटौती गरेर प्राविधिकको दरबन्दी थप भएसँगै ढकाल प्रधानमन्त्री कार्यालयबाट बाहिरिएका थिए । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ स्थायी ठेगना भएका ढकाल यस अघि ल्हासाका महावाणिज्यदूत भइसकेका इमान्दार कर्मचारी हुन । ल्हासा जानु अघि उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दुई पक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख थिए।





























