सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

  अहिले सामाजिक सञ्जाल तथा प्लेटफर्महरुमा आफ्नो धारणा राखेकै आधारमा कर्मचारीहरुको सरुवा हुन थालेको छ । केही दिन अघिमात्र कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई रसुवा खटाइएको घटना सेलाउन नपाउँदै अर्काे कर्मचारीको समेत उसैगरी सरुवा भएको छ । हुम्ला जिल्ला अस्पतालका कार्यालय प्रमुख डा उमाकान्त तिवारीको सरुवा समेत उसैगरी भएको छ ।

बिज्ञापन

हेर्ने कथामा ‘बिरामी अस्पताल’ शीर्षकमा सामग्री प्रसारण भएको छ ११ दिन अघि । जहाँ अस्पतालको सेवा, जनशक्ति र भौतिक अवस्थालगायतका विषयमा उनले आफ्नो धारणा राखेका थिए । उनले भनेका छन्, दरबन्दी अनुसार यहाँ नवौँ–दशौँ तहको एक जना ‘कन्सल्टेन्ट फिजिसियन’ हुनुपर्छ । यस्तो दरबन्दी न यो प्रदेशले धान्न सक्छ, न देशले। उतिबेला जनरल फिजिसियनको दरबन्दी राखियो, तर अहिलेसम्म हुम्ला टेक्या छैन । ‘कन्सल्टेन्ट अब्स्टेट्रिक एण्ड गाइनोकोलोजिष्ट’ राखिएको छ, तर अहिलेसम्म हुम्ला टेकेका छैनन् । ओएनएम कर्णालीको वस्तुस्थिति अनुसार मिलेकै छैन। उतिबेला जाँड खाएर बनाएकी के बनाए, भगवान जानुन् ।

बिज्ञापन

 

दरबन्दी अनुसारका विशेषज्ञ डाक्टर हुम्लामा पाइलै नटेकेको,अप्रेसन गर्ने जनशक्ति अभाव रहेको,औषधि खरिदमा समस्या रहेको धारणा राख्छन् । जिल्लाभरिका लागि औषधि खरिद गर्न १५ लाख रुपैयाँ बजेट छ, जुन चार महिनामै सकिन्छ । ल्याबका लागि वर्षभरिलाई ६ लाख छुट्याइएको छ, जुन असोजमै सकियो । यस्का अलवा प्रदेशले पठाउँदा जहिल्यै म्याद गइसकेको हुँदा यो खराब सिष्टमलाई सुधार्न पर्ने राय राखेका थिए । सोही समस्याबारे आफ्नो धारणा राख्छन्, चिकित्सक डा उमाकान्त तिवारीले ।

बिज्ञापन

 

सोही धारणा राखेकै कारण गत भदौ १५ गते प्रदेशको सामाजिक विकास मन्त्रालयले उनको कर्णाली प्रदेश अस्पतालमा सरुवा गरेको छ । सो सरुवाप्रति असन्तृष्टि जनाउँदै उनले ‘बाहुबलिको कटप्पा’ शैलीमा गरिएको ‘धुलाई’सँग तुलना गरेका छन्। उनले लेखेका छन्, ‘बधाई सबैलाई बाहुबलिको कटप्पा पाराले मलाई धुलाई गरेको सन्दर्भ कर्णाली प्रदेशको सरुवा राम्रो होस् कर्णालीको स्वास्थ्य ।

 

उनले सन् २०१३ मा विदेश जान खोजेको मान्छे, देशमै केही गरौँ भनेर बसेँ । तर यहाँ सत्य बोल्दा लखेटिनुपर्छ । व्यक्ति शक्तिशाली हुने तर प्रणाली कमजोर हुने परिपाटी गलत रहेको समेत बताएका थिए,सो भिडियो कुराकानीमा ।

 

  यद्यपि सामाजिक विकास मन्त्रालयले भने डा तिवारीले मागे अनुसारै सरुवा भएको जनाएको छ । प्रदेश सचिव रोशनी कुमारी श्रेष्ठले डाक्टर तिवारीकै निवेदन अनुसार, सरुवा गरिएको प्रतिक्रिया दिएकी छिन् । उनको स्टाटसको बिषयमा मन्त्रालयमा बोलाएर सोधिएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

बिशेष