टेरामक्स प्रकरण: पूर्वकानुन सचिव ज्ञवाली पनि तानिए

दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवबाट अवकाश पाएका ज्ञवाली सहसचिव छँदा टेरामक्सका उपकरण खरिदको सुरुवाती चरणमै संलग्न रहेको पाइएको हो ।

बिज्ञापन

तत्कालीन दूरसञ्चार प्राधिकरणका बोर्ड सदस्य धनराज ज्ञवाली (कानुन सचिवबाट अवकाश)लाई पनि टेरामक्स प्रविधि घोटालामा अख्तियारले बयान लिइसकेको हो ।अख्तियारले टेरामक्स प्रविधि घोटालामा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षहरु दिगम्बर झा र पुरुषोत्तम खनालसँग समेत बयान लिएको छ । यसरी हेर्दा टेरामक्स घोटलामा सञ्चार मन्त्रालयका ३ पूर्वमन्त्री, २ पूर्वसचिव, कानुन मन्त्रालयका १ पूर्वसचिव, सञ्चार मन्त्रालयका तत्कालीन १ सहसचिव, नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वयको प्रत्यक्ष संलग्नता देखिन्छ । यी सूचना प्रविधि क्षेत्रको घोटालामा जोडिएका ठूला माछा हुन् । ठूला माछा समात्न अख्तियारले गर्ने हिम्मतलाई धेरैतिरबाट प्रशंसा हुँदै आएको छ ।

बिज्ञापन

टेरामक्स प्रविधि घोटालामा तत्कालीन सञ्चार सचिवहरु डा. बैकुण्ठप्रसाद अर्याल (हाल मुख्यसचिव) र महेन्द्रमान गुरुङ (हाल प्रमुख सूचना आयुक्त)सँग पनि अख्तियारले बयान लिइसकेको छ । त्यस्तै सञ्चार मन्त्रालयका तत्कालीन सहसचिव विनोद प्रकाश सिंह (प्राकृतिक स्रोत तथा वित्त आयोग सचिव) र तत्कालीन दूरसञ्चार प्राधिकरणका बोर्ड सदस्य धनराज ज्ञवाली (कानुन सचिवबाट अवकाश)लाई पनि टेरामक्स प्रविधि घोटालामा अख्तियारले बयान लिइसकेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भोलि हुँदै कलाकार संघको चुनाव : यस्ता छन् उत्तम केसी समुहको प्रतिबद्धताहरू

विपद्को मुखमा जिल्लाहरू सिडिओविहीन: गृह सचिव श्रेष्ठको कार्यक्षमतामाथि प्रश्न

उपराष्ट्रपति,राष्ट्रपति र पूर्व राजाको सम्पत्ति छानबिन नहुने

बैंकमा बदमासी : हिमालयनमा ३३ प्रतिशत कर्मचारी आउटसोर्सिङका

एकै वर्षमै ८५ अर्ब राजश्व छुट,क कस्ले पाए लाभ ?

प्रदेशमा मन्त्रालय कटौतीको तयारी : साउनबाट १२ मन्त्रालय ८ मा झारिदैं

अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न निर्देशन

एक बर्षमै थपियो ८८ अर्ब ९ करोड बेरुजु

बिशेष