बुढानीलकण्ठ नगरपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, पुनर्स्थापना तथा सहज जीवनयापनका लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
बिज्ञापन
भोटेकोशी नदीमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन बुढानीलकण्ठ नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । नगरपालिकाको ९३औँ तथा आकस्मिक नगर कार्यपालिका बैठकले विपद्बाट प्रभावित तथा घाइते नागरिकको सुरक्षित पुनःस्थापना र सहज जीवनयापनका लागि आवश्यक सहयोग गर्ने निर्णय गर्दै उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो।
बिज्ञापन
सो बैठकले मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्वका रूपमा जनप्रतिनिधि, कर्मचारी तथा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट समेत गरी एकमुष्ट ५५ लाख ५५ हजार ५५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। यस अघि बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बुढानीलकण्ठ नगरपालिकाले १५ लाख ७२ हजार रकम प्रधानमन्त्री दैवी प्रकोप कोषमा उपलव्ध गराउने निर्णय गरेको थियो ।
नगरपालिका र पालिका मातहत गरी ३१७ जना कर्मचारीहरुबाट यस अघि नै १५ लाख ६२ हजार रकम प्रधानमन्त्री कोषमा उपलव्ध गराउने निर्णय गरेको थियो ।
बिज्ञापन


























