नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को रिक्त कार्यकारी निर्देशक पदका लागि पाँच जना उम्मेदवारको नाम सर्टलिस्ट गरिएको छ। यसरी सर्ट लिष्टमा परेकामध्ये चार जना पूर्व सचिवहरु रहेका छन भने एक नेपाल व्यवस्थापक संघमा आवद्ध ।
बिज्ञापन
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक सिफारिस सम्बन्धी सर्ट लिष्टमा परेकाहरुमा अञ्जु मिश्र, गोकर्णमणि दुवाडी, डिल्लीराम शर्मा, बाबुराम अधिकारी र डा राम प्रसाद घिमिरे रहेका छन् । जसमध्ये दुवाडी,शर्मा,अधिकारी र घिमिरे पूर्व सचिव हुन ।
बिज्ञापन
कार्यकारी निर्देशक छनोटका लागि दुई पटकसम्म सूचना प्रकाशित गर्दा अपेक्षित रूपमा योग्य उम्मेदवार नपरेपछि सरकारले तेस्रो पटक सूचना जारी गरेको थियो । तेस्रो पटकको आवेदनबाट भने पाँच जना उम्मेदवार छनोट प्रक्रियामा अघि बढेका छन् । कार्यकारी निर्देशक पदका लागि मन्त्रालयले पहिलो पटक २०८३ असार ९ गते, दोस्रो पटक असार २४ गते र तेस्रो पटक भदौ २ गते सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको थियो । सोही आवेदकमध्येबाट पाँच जना सर्ट लिष्टमा परेका हुन ।
सिफारिस समितिले यी उम्मेदवारहरू मध्येबाट उत्कृष्ट तीन जनाको नाम सरकारलाई सिफारिस गर्नेछ र मन्त्रिपरिषद्ले एक जनालाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रावधान छ।

























