घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

सरकारले वरिष्ठ सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढुवा गर्दै रक्षा मन्त्रालयमा पदस्थापन गरेको छ।

बिज्ञापन

आज (शुक्रवार) बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिबाट पहिलो नम्बरमा सिफारिस भएकी घिमिरेलाई सचिवमा बढुवा गर्दै रक्षा मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको हो । सचिव बढुवाको सिफारिसमा एक नम्बरमा इन्दु,त्यसपछि श्रीकृष्ण नेपाल र नारायणप्रसाद भट्टको नाम सिफारिस भएको थियो।

बिज्ञापन

सचिवमा बढुवा भएसँगै घिमिरेलाई प्रदेशमा पदस्थापन नगरी सिधै रक्षामा पठाइएको छ । हालका रक्षा सचिव केदारनाथ शर्मालाई गृहमा सरुवा गरेर त्यहाँ इन्दुलाई लगिएको हो ।

हालका गृह सचिव राजकुमार श्रेष्ठ सोमबारबाट अनिवार्य अवकाशमा जाँदैछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

देश पीडामा,अर्थमन्त्री भोजमा,नाडा अटो व्यवसायी उत्सवमा

रसुवा र नुवाकोटमा बाढीपीडितको उपचारका लागि भक्तपुर अस्पतालबाट दुई मेडिकल टोली परिचालन

रसुवामा प्रभावकारी बन्न सकेन राहत र उद्धार, बाढीले बगाएका बस्तीमा शव कुहिन थाले

सरकारका प्रवक्ता भन्छन्– ग्लेसियर फुटेर लेदोसहितको पानी ओभरफ्लो, तत्काल ठूलो जोखिम छैन

२३ अधिकृत, ४३ लेखापाल र १० सह लेखापालसहित ७६ कर्मचारीको सरुवा

भोटेकोशी बाढी : ४६९ शव भेटियो

बिशेष