रसुवा र नुवाकोटमा बाढीपीडितको उपचारका लागि भक्तपुर अस्पतालबाट दुई मेडिकल टोली परिचालन

काठमाडौं । रसुवा र नुवाकोटमा बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको उपचार तथा स्वास्थ्य सेवा व्यवस्थापनका लागि बागमती प्रदेश सरकारले थप स्वास्थ्य टोली परिचालन गरेको छ।

बिज्ञापन

बागमती प्रदेशअन्तर्गतको भक्तपुर अस्पतालबाट दोस्रो मेडिकल टोली आवश्यक स्वास्थ्य सामग्रीसहित रसुवातर्फ प्रस्थान गरेको छ। टोलीमा मुटु रोग विशेषज्ञ एक जना, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ एक जना, मेडिकल अधिकृत एक जना, हेल्थ असिस्टेन्ट एक जना र सवारी चालक एक जना रहेका छन्।

बिज्ञापन

टोलीले बिरामी राख्नका लागि २० थान बेड तथा म्याट्रेस, आकस्मिक औषधि, सुगर र रक्तचापलगायत दैनिक सेवन गर्नुपर्ने औषधि, अक्सिजन सिलिन्डर तथा अन्य आवश्यक स्वास्थ्य सामग्री लिएर गएको छ। त्यस्तै, प्रभावित नागरिकका लागि २०० थान कपडा, २० बक्स चाउचाउ, १०० प्याकेट बिस्कुट, पानीलगायतका राहत सामग्रीसमेत टोलीसँग पठाइएको छ।

यसैगरी, भक्तपुर अस्पतालबाट अर्को स्वास्थ्य टोली २० वटा बिरामी राख्ने बेड र अक्सिजन सिलिन्डरसहित नुवाकोटतर्फ प्रस्थान गरेको छ। बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्यकर्मी तथा आवश्यक सामग्री परिचालन गरेको हो।

बिज्ञापन

बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमका अनुसार प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउन थप टोली तथा आवश्यक सामग्री परिचालन भइरहेको छ। उनका अनुसार उत्तरगया क्षेत्रमा पनि हेलिकोप्टरमार्फत स्वास्थ्य टोली तथा आवश्यक सामग्री पठाउने तयारी भइरहेको छ।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण सडक तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै स्वास्थ्य सेवा पुर्‍याउन चुनौती देखिएको छ। सडकमार्गबाट तत्काल पुग्न कठिन भएका क्षेत्रमा हेलिकोप्टरमार्फत स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री पठाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवा र नुवाकोटमा बाढीपीडितको उपचारका लागि भक्तपुर अस्पतालबाट दुई मेडिकल टोली परिचालन

रसुवामा प्रभावकारी बन्न सकेन राहत र उद्धार, बाढीले बगाएका बस्तीमा शव कुहिन थाले

सरकारका प्रवक्ता भन्छन्– ग्लेसियर फुटेर लेदोसहितको पानी ओभरफ्लो, तत्काल ठूलो जोखिम छैन

२३ अधिकृत, ४३ लेखापाल र १० सह लेखापालसहित ७६ कर्मचारीको सरुवा

भोटेकोशी बाढी : ४६९ शव भेटियो

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय

भोटेकोशी बाढी प्रभावितको पहिचान र परिवारसँग पुनर्मिलनका लागि बागमती सरकारको पहल

रसुवा बाढीपीडितको सहारा बन्दै पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्

बिशेष