२३ अधिकृत, ४३ लेखापाल र १० सह लेखापालसहित ७६ कर्मचारीको सरुवा

मधेश प्रदेश सरकारले अर्थ मन्त्रालयअन्तर्गत प्रशासन सेवा, लेखा समूहका ७६ जना कर्मचारीको सरुवा गरेको छ । प्रदेश सरकारले २३ अधिकृत, ४३ जना लेखापाल र १० जना सह लेखापालहरुको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवा भएकामध्ये अधिकृततर्फ १८ जना अधिकृत सातौँ तह र ५ जना अधिकृत आठौँ तहका छन् । सरुवा सूचीमा रहेका सबै कर्मचारी प्रशासन सेवा, लेखा समूहअन्तर्गतका हुन् । सरुवा सूचीअनुसार अधिकृत तहका कर्मचारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय, विभिन्न मन्त्रालय, निर्देशनालय तथा जिल्लास्थित कार्यालयमा पठाइएको छ । त्यस्तै ४३ जना लेखापाललाई मधेश प्रदेशका विभिन्न मन्त्रालय, निर्देशनालय, प्रदेश लेखा इकाई कार्यालय तथा मातहतका कार्यालयमा सरुवा गरिएको छ ।
धनुषा, महोत्तरी, सिरहा, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लाका कार्यालयमा कार्यरत लेखापाललाई समेत एक ठाउँबाट अर्को ठाउँमा पठाइएको छ । १० जना सहलेखापाललाई धनुषा, सिरहा, महोत्तरी, बारा र पर्सालगायतका विभिन्न कार्यालयमा खटाइएको छ । प्रदेश सरकारले दुई वर्षभन्दा बढी समयदेखि एउटै कार्यालयमा कार्यरत कर्मचारीलाई सरुवा गरेको हो । लामो समय एउटै कार्यालयमा रहेका कर्मचारीहरु सरुवा गरिएको जनाइएको छ ।

बिज्ञापन

यसरी सरुवा भएका कर्मचारीले सात दिनभित्र साविक कार्यालयबाट रमाना लिएर नयाँ पदस्थापन भएको कार्यालयमा हाजिर हुनुपर्ने व्यवस्था गरिएको छ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा प्रभावकारी बन्न सकेन राहत र उद्धार, बाढीले बगाएका बस्तीमा शव कुहिन थाले

सरकारका प्रवक्ता भन्छन्– ग्लेसियर फुटेर लेदोसहितको पानी ओभरफ्लो, तत्काल ठूलो जोखिम छैन

२३ अधिकृत, ४३ लेखापाल र १० सह लेखापालसहित ७६ कर्मचारीको सरुवा

भोटेकोशी बाढी : ४६९ शव भेटियो

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय

भोटेकोशी बाढी प्रभावितको पहिचान र परिवारसँग पुनर्मिलनका लागि बागमती सरकारको पहल

रसुवा बाढीपीडितको सहारा बन्दै पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्

चीनतर्फ फुट्यो ठूलो ताल, रसुवामा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

बिशेष