रसुवा हुँदै बग्ने नदी प्रणालीमा जोखिम बढ्ने गरी चीनतर्फ बनेको ठूलो ताल फुटेको छ। छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक थुनिएर बनेको ताल फुटेको जानकारी चिनियाँ पक्षले दिएको हो।
बिज्ञापन
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षबाट ताल फुटेको सूचना प्राप्त भएको छ। सूचना प्राप्त भएसँगै नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बिज्ञापन
प्रजिअ परियारले ताल फुटेको जानकारी आएपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा रहन सर्कुलर गरिएको बताए।
‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ। नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ,’ परियारले भने।
बिज्ञापन
ताल फुटेसँगै नदीको बहाव एक्कासि बढ्न सक्ने भएकाले रसुवाका नदी तथा खोलाको तटीय क्षेत्रमा थप जोखिम उत्पन्न हुन सक्ने प्रशासनको आकलन छ। स्थानीय प्रशासनले नदी आसपासका बासिन्दालाई अनावश्यक रूपमा नदी किनारमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

























