सरकारी कर्मचारीको २ देखि १० दिनको तलब काटिने, राहतकोषमा ३६ करोड जम्मा हुने

बाढी प्रभावितको राहत र पुन स्थापनाका लागि राष्ट्रसेवक कर्मचारीहरूको श्रेणीअनुसार २ देखि १० दिनको तलब कट्टा गरिने भएको छ ।

बिज्ञापन

आज बसेको सचिवस्तरीय बैठकले विपद्बाट भएको ठूलो जनधनको क्षतिपश्चात् राहत तथा पुनःस्थापना कार्यमा राष्ट्रसेवकहरूका तर्फबाट योगदान गर्ने उद्देश्यले उक्त निर्णय गरेको हो ।

बिज्ञापन

जसअनुसार श्रेणीविहीन कर्मचारीबाट मासिक सुरु तलब स्केलको दुई दिनको तलब, राजपत्र अनङ्कित वा सो सरहका कर्मचारीबाट पाँच दिनको, राजपत्राङ्कित तृतीय र द्वितीय श्रेणी वा सो सरहका कर्मचारीबाट सात दिनको र राजपत्राङ्कित प्रथम श्रेणी र विशिष्ट श्रेणीका कर्मचारीबाट १० दिन बराबरको भदौ महिनाको तलब–पारिश्रमिक कट्टा रकम कोषमा जम्मा गरिनेछ । ले संघीय सरकारका कर्मचारीहरूको भदौ महिनाको सुरू तलब स्केलबाट निश्चित दिनको तलब कट्टा गरी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने छ ।

यस व्यवस्थाबाट संघीय सरकारका कर्मचारीहरूबाट मात्रै करिब ३६ करोड रूपैयाँ संकलन हुने अनुमान गरिएको छ । साथै, प्रदेश, स्थानीय तह र अन्य सार्वजनिक निकायका कर्मचारीहरूलाई पनि सोही बमोजिमको योगदान गर्न आह्वान गरिएको छ ।

बिज्ञापन

विपद् व्यवस्थापन र प्रतिकार्यलाई प्रभावकारी बनाउन कर्मचारी प्रशासनका लागि कडा नियम जारी गरिएको छ । कर्मचारीहरूलाई आफ्नो कार्यक्षेत्र नछोड्न र अत्यावश्यक बाहेकका काममा ‘काज’ नखटाउन निर्देशन दिएको छ । प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई केन्द्रमा बोलाएर गरिने गोष्ठी, सेमिनार र तालिमहरू तत्कालका लागि बन्द गरिएको छ । सार्वजनिक बिदाका दिनमा समेत अनिवार्य उपस्थित भई कामकाज गर्न र सेवा प्रवाह सुचारू राख्न निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारी कर्मचारीको २ देखि १० दिनको तलब काटिने, राहतकोषमा ३६ करोड जम्मा हुने

मृत्युलाई जितेर फर्किएका अधिकृतको कहालीलाग्दो अनुभव

बाढीपीडितको उद्धारमा इन्धनको कमान्ड सम्हाल्दै निगमका प्रमुख यादव

दुई नदीको दोभानमा ठूलो ताल निर्माण,तीनदिनभित्र फुट्न सक्ने जोखिम

बाढीको वितण्डा : मृतकको संख्या २८९ पुग्यो

उद्धार- राहतलाई प्रभावकारी बनाउन ८ सहसचिवलाई फरक फरक जिम्मेवारी

बाढीपीडितको उद्धार र राहतमा तत्काल जुट्न घरेलु तथा साना उद्योग महासंघको अपिल

बाढी प्रभावितलाई महालक्ष्मी नगरपालिकाको ३० लाख सहयोग,कर्मचारीको सात दिनको तलब कट्टा

बिशेष