भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता छन् । त्यहाँ कार्यरत् ४० कर्मचारीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका छन् । कार्यालय प्रमुख राजेन्द्र ढुंगनासहित अधिकृत कविर गैरेसहितका कर्मचारीहरु रसुवा भन्सारबाट मृत्युलाई जितेर काठमाडौं आइपुगेका छन् ।
अन्य कर्मचारी नहकुल शर्मा, राजेन्द्रकुमार सोनकर, विकास तामाङ, विष्णुप्रसाद भुसाल,भीमबहादुर लामा,दिनेश घिमिरे,अनिता पुरी, प्रेमप्रसाद सेढाई,गोविन्द अधिकारी, सुनिल गुरुङ, नरेशदत्त जोशी, राजु ओली,राम नेपाली, विमल त्रिपाठी र हरिबहादुर खड्काहरु सम्पर्कमा भन्दा बाहिर छन् ।
बिज्ञापन
मृत्युलाई जितेर काठमाडौं आइपुगेका उनै अधिकृत करवीर गैरेलाई भन्सार विभागमा अर्थमन्त्री, अर्थसचिव र भन्सार महानिर्देशकले स्वागत गरे । सँगै काम गरेका साथीहरू अझैं पनि सम्पर्क बिहिन रहँदा र देखेको बजार क्षणभरमै बिलाउँदा मृत्युलाई जितेर फर्किएको अनुभूति भएको र आफूहरुले नयाँ जीवन पाएर फर्किएका बताउँछन्,गैरे ।
बिज्ञापन
गैरेका अनुसार बुधबार पौने ९ बजेतिर यो विपत आइलागेको थियो,टिमुरेमा । बुधवार बिहान साढे ७ बजे कार्यालय पुगेका उनी आफ्नो कार्यकक्षमा व्यस्त थिए।
बिहान ८ बजेर ४६ मिनेट जाँदा कार्यकक्षमा रहेको कम्प्युटर थर्कन थाल्यो। आफ्नो अनुभव सुनाउँदै उनी भन्छन्,शुरुमा त मलाई भूकम्प आए जस्तो लाग्यो। ज्यान जोगाउन बाहिर निस्किएँ। चीनतिरबाट सुनामी जस्तै मडारिएर आएको बाढी देखेँ। गत वर्षको बाढी खोलाको सतहभन्दा २० मिटर माथि थियो भने यसपालि बाढीको तह १०० मिटर माथि थियो। बाँचिदैन कि जस्तो लाग्यो। बाढी देख्नेबित्तिकै सहकर्मीहरूलाई ‘बाढी आयो, भागौँ’ भन्दै सतर्क गराए । १०–१५ सेकेण्डको छोटो अवधिमा जसले २० मिटर जति उकालो उक्लन सके, उनीहरू मात्र बाँच्न सफल भयौं ।
मृत्युको मुखबाट जोगिएर डाँडातिर उक्लिएको हामी । पछि हाम्रो टोली पछि सुरक्षित स्थानको खोजीमा ३ किलोमिटर माथि खैरी पुगेको थियो । बाढीले भित्तामा ठक्कर खाएर फर्किएका कारण हामी बाँच्न सफल भयौँ। हिजो दिउँसो साढे २ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत त्रिशूली पुर्याइएका उनीहरू प्राथमिक स्वास्थ्य जाँचपछि राति साढे ९ बजे काठमाडौं आइपुगेका थिए ।
बिज्ञापन
काठमाडौं आइपुग्दा भन्सार विभागमा अर्थमन्त्री, अर्थसचिव र भन्सार महानिर्देशकले स्वागत गर्नुभयो। अब त बाँचियो जस्तो लाग्यो। सँगै काम गरेका साथीहरू र देखेको बजार क्षणभरमै बिलायो। जिन्दगीको केही भरोसा रहेनछ, हामीले नयाँ जीवन पाएर फर्किएका छौँ। गैरेकाअनुसार गोसाइँकुण्ड गाउँपालिका–२ स्थित टिमुरेमा करिब दुई सय घरधुरी थिए । त्यसमध्ये ४० देखि ५० वटा पक्की घर रहेको र सबै पूर्णरूपमा ध्वस्त भएका छन् ।
बाढी आउँदा टिमुरे र रसुवागढी क्षेत्रमा मानिसहरूको बाक्लो उपस्थिति थियो । भन्सार एजेन्ट, मजदुर, होटल व्यवसायी, रसुवागढी–स्याफ्रुबेँसी सडक खण्डका कामदार र मानसरोवर तीर्थयात्री गरी करिव २ हजार भन्दा बढी मानिस त्यस क्षेत्रमा रहेको गैरेको अनुमान छ । चार सयदेखि पाँच सयको हाराहारीमा तीर्थयात्री र करिव एक सय ५० वटा मालवाहक कन्टेनर तथा इभी गाडीहरू त्यस क्षेत्रमा रहेकामध्ये धेरै वेपत्ता छन् भने टिमुरे बजार तहस नहस ।

























