सेनाको हेलिकोप्टरबाट १२३ जनाको उद्दार

 रसुवाको टिमुरेबाट १२३ जनाको सकुशल उद्धार भएको छ । हिजो भोटेकोसी नदीमा आएको बाढीका कारण बेपत्तामध्ये नेपाली सेनाले हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
यसरी उद्धार गरिएकामध्ये ८ जना विदेशी र बाँकी नेपाली रहेका छन् । उनीहरूमध्ये विदेशीलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको छ भने बाँकीलाई धुन्चे ल्याउने तयारी भइरहेको छ । त्यसैगरी रसुवाको हाकुस्थित जलविद्युत् आयोजनाको टनेलमा फसेका सात जनाको जीवितै उद्धार गरिएको छ भने अन्य तीनवटा टनेलमा उद्धार भइरहेको नेपाली सेनाले जनाएको छ ।

बिज्ञापन

नेपाली सेनाका टिमुरे क्षेत्रमा हराइरहेका २१ जना भारतीय पर्यटकको पनि जीवितै उद्धार गरी काठमाडौँ ल्याउने क्रम जारी भइरहेको छ । यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक इभाकुएसन गरिएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जनाएका छन् । उनका अनुसार मैलुङ हाइड्रोपावरको ३ ए टनेलबाट उनीहरूको उद्धार भएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बाढी प्रभावितलाई महालक्ष्मीको ३० लाख सहयोग,कर्मचारीको सात दिनको तलब कट्टा

बाढीपछि भन्सारका १५ कर्मचारी वेपत्ता,खोजी जारी

सेनाको हेलिकोप्टरबाट १२३ जनाको उद्दार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित क्षेत्र प्रस्थान

ट्रेड युनियनका भवन र सम्पत्ति जफत नगर्न सरकारलाई आदेश

गीतकार डा. दामोदर रेग्मीको वासन्ती सुवास सार्वजनिक

बुढानीलकण्ठ नगरपालिकाद्धारा प्रभावितका लागि १५ लाख ७२ हजार सहयोग

भोटेकोशी बाढीमा अध्यागमन र भन्सारका १९ कर्मचारी सम्पर्कविहीन

बिशेष