बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बुढानीलकण्ठ नगरपालिकाले १५ लाख ७२ हजार रकम प्रधानमन्त्री दैवी प्रकोप कोषमा उपलव्ध गराउने निर्णय गरेको हो ।
बाढी,पहिरोको विपत पछि प्रमुख प्रशासकीय अधिकृतको संयोजनमा बसेको बैठकले बूढानिलकण्ठ नगरपालिका र माहततका कार्यालयका कर्मचारीको तर्फबाट प्रति कर्मचारी ६ हजारका दरले प्रधानमन्त्री दैवी प्रकोप कोषमा उपलव्ध गराउने निर्णय गरेको हो । वुढानिलकण्ठ नगरपालिका र नपा मातहत गरी ३१७ जना कर्मचारीहरु रहेकाछन् । प्रत्येक कर्मचारीबाट ६ हजारका दरले १५ लाख ६२ हजार रकम प्रधानमन्त्री कोषमा उपलव्ध गराउने निर्णय भएको पालिकाले जनाएको छ ।
बिज्ञापन
विपद्का कारण प्रभावित परिवार तथा नागरिकको पीडा न्यूनीकरण गर्न तथा उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सरकारसँग ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरिएको पालिकाले जनाएको छ ।
बिज्ञापन

























