भोटेकोशी नदीमा आएको ठुलो आकस्मिक बाढीले भएको ठूलो जनधनको क्षति गोकर्णश्वर नगरपालिकाले केही मलम लगाउने प्रयास गरेको छ । रसुवामा आएको भीषण बाढीबाट प्रभावित तथा घाइते नागरिकको उद्धार र उपचारका लागि गोकर्णेश्वर नगरपालिकाले तत्काल राहत तथा उद्धार सहयोगको घोषणा गरेको छ। नगरपालिकाले रसुवा जिल्लामा भएको ठूलो क्षति पछि उद्धारका २ वटा एम्बुलेन्स परिचालन गरेको छ।
बिज्ञापन
यस्तै सो पालिकाले १० जना नगर प्रहरीसहितको उद्धार टोली प्रभावित क्षेत्रमा पठाएको जनाएको छ । पालिकाका अनुसार,घाइते १५ जनासम्मको निःशुल्क उपचार नेपाल मेडिकल कलेज, शंखरापुर अस्पताल र नेपाल अर्थोपेडिक अस्पतालमा गर्ने व्यवस्था मिलाएको छ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%

























