सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा रु पाँच हजारका दरले बढाउने भएको छ ।
बिज्ञापन
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयमा भनिएको छ, प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी, विद्यालय सहयोगीका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिकमा मासिक ५ हजारका दरले वृद्धि गर्ने ।
बिज्ञापन
सरकारले चालु आर्थिक बर्षमा राष्ट्रसेवक कर्मचारीहरूको तलब वृद्धि गरे पनि सामुदायिक विद्यालयका विद्यालय कर्मचारी र बालविकास सहजकर्ता (ईसीडी शिक्षक) को तलब नबढाएको भन्दै उनीहरूले आन्दोलनमा उत्रने तयारीमा थिए ।
देशभर करिब ३० हजार विद्यालय सहयोगी र ७ हजारभन्दा बढी लेखापाल तथा सहायक कर्मचारी कार्यरत रहेको भए पनि उनीहरु न्यूनतम तलबमा कार्यरत रहँदै आएकोमा अब पाँच हजार थप पाउने भएका हुन ।
बिज्ञापन
यस्तै आजको क्याविनेटले बैठकले माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने निर्णय समेत गरेको छ।


























