बालेन्द्र साह सरकारले छोटो समय प्रदेश बसेर संघमा फर्किएका कनिष्ठ सचिवद्धय भुपाल बराल र शोभाकान्त पौडेललाई प्रदेशमै खटायो । ०८२ जेठ १४ गतेदेखि २०८२ असार १५ गतेसम्म जम्मा एक महिना गण्डकी प्रदेशको प्रमुख सचिव भएर संघमा फर्किएका शोभाकान्त पौडेललाई अहिले मधेश प्रदेशमा खटाइएको छ । यस्तै,जम्मा चार महिना प्रदेशका सचिव चलाएर संघमा फर्किएका भुपाल बराल गण्डकी प्रदेशमा पुगेका छन् ।
बिज्ञापन
यसरी प्रदेशमा छोटो अवधि बसेका सचिवहरुलाई प्रदेशमा खटाइँदा सहसचिवको हकमा भने त्यस्तो लागू हुन सकेन । सरकारले सहसचिवको सरुवामा भने पक्षपातपूर्ण व्यवहार गरिरहेको पाइएको छ । केही सहसचिवहरुलाई दोह्रार्याएर तेह्राएर प्रदेशमा खटाइँदा जागिरे जीवनमा दुई महिना हाराहारी समय प्रदेशमा बसेका सहसचिव तथा लोकसेवाका गुरु प्रकाश दाहाललाई झनै शक्तिशाली जिम्मेवारी दिइएको हो ।
बिज्ञापन
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय मामिला महाशाखाका प्रमुख सहसचिव प्रकाश दाहाललाई प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम (पीएलजीएसपी) को राष्ट्रिय कार्यक्रम निर्देशकको अतिरिक्त जिम्मेवारी दिएको हो । क्षमता विकास महाशाखा खारेज गरी त्यसअन्तर्गतका काम तथा जिम्मेवारी संघीय मामिला महाशाखामा समायोजन गरिएपछि सोही व्यवस्थाअनुसार महाशाखा प्रमुख दाहाललाई पीएलजीएसपीको राष्ट्रिय कार्यक्रम निर्देशकको जिम्मेवारीसमेत तोकिएको हो। यसअघि उक्त कार्यक्रमको नेतृत्व सहसचिव डिलाराम पन्थीले गर्दै आएका थिए। मन्त्रालयभित्र दाहाल मन्त्रीका विश्वासपात्र अधिकारीका रूपमा चिनिने कर्मचारीहरू बताउँछन्। त्यही कारण उनलाई अझैं शक्तिशाली जिम्मेवारी दिइएको सामान्य प्रशासन स्रोतले बताएको छ ।
मन्त्रालयको संगठन तथा व्यवस्थापन (ओएन्डएम) पुनर्संरचनामा पनि सहज र प्रभावशाली जिम्मेवारीहरू संघीय मामिला महाशाखाअन्तर्गत राखिएको भन्दै कर्मचारीबीच असन्तुष्टि देखिएको छ। केही कर्मचारीहरूले यसलाई योजनाबद्ध निर्णय भएको आरोप लगाएका छन् भने मन्त्रालयले भने पुनर्संरचना प्रशासनिक आवश्यकताका आधारमा गरिएको जनाएको छ। पीएलजीएसपी संघीय, प्रदेश र स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धि तथा सुशासन प्रवर्द्धनका लागि सञ्चालन भइरहेको सरकारको महत्वपूर्ण कार्यक्रम मानिन्छ। यस्तो कार्यक्रमको नेतृत्व जागिरे जीवनको अधिकांश समय संघीय कार्यालयमै बसेका प्रकाश दाहालको काँधमा दिइएको हो ।
बिज्ञापन
*शीर्षक सम्पादन गरिएको




























