मानव स्रोत केन्द्रको नाम शिक्षा विभाग नै राखिने

सरकारले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि पनि परिवर्तन गरेको छ । यस अघि ०५६ साल जेठ ९ गते क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयहरूलाई सक्रिय बनाई विद्यालयको विद्यमान शैक्षिक प्रणालीलाई अझ बढी प्रभावकारी बनाउन शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा विभागको गठन गरिएकोमा सो नाम परिवर्तन गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्र नाम राखिएकोमा आठ बर्ष पछि फेरि नाम परिवर्तन गरेर शिक्षा विभाग नै बनाइएको छ ।

बिज्ञापन

यस अघि १ साउन २०७५ सालदेखि तत्कालीन शिक्षा विभागको नाम परिवर्तन गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र बनाइएको थियो । परिवर्तित विभागको नाम शिक्षा तथा मानव स्रोत विकास केन्द्र राखिएको थियो । तत्कालीन समयमा अन्तर्राष्ट्रिय नियोग, सहयोगी संस्थालगायत सबै सरोकारवालाले हालको नाम संस्थाअनुसार मेल नखाएको जनाउँदै आएपछि केन्द्रले नाम परिवर्तन गरिएकोमा आठ बर्ष पछि शिक्षा विभाग नै कायम गरिएको हो ।हालै मात्र मन्त्रालयको आएनएम गर्दा सो केन्द्रको नाम परिवर्तन गरेर शिक्षा विभाग नै राखिएको छ । संसारका जुनसुकै देशमा पनि शिक्षा विभाग नाम परिचित भएकाले पनि फेरि पुरानै नाम राख्ने निर्णयमा सरकार पुगेको जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बागमती प्रदेशमा १३४ दरबन्दी कटौती,९० जनाको अस्थायी दरबन्दी स्वीकृत

स्थानीय तहका २७ कर्मचारीको अन्तरपालिका सरुवा

२६ नासु,७ कम्युटर अपरेटर र ६ खरिदारको सरुवा

सचिव बढुवाका लागि तीन बरिष्ठ सहसचिवको नाम सिफारिस

सम्पत्ति विवरण बुझाउन एक महिना म्याद थप

रेष्टुरेन्टबाट ९ लाख घुससहित नापी अधिकृत पक्राउ

नियमित कार्यालय नआएको भन्दै गाउँपालिका अध्यक्षले प्रशासकीय अधिकृतको हाजिरी काटे

भरतपुरबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ

बिशेष