प्रकाशचन्द्र खतिवडाको कविता  :  कठपुतली सरकार

अनपेक्षित हार बेहोरे पछि
उसले आत्मआलोचना गरेको छ
उसलाई हौस्याउनेहरु
मैदान बाट विमुख भए पछि
उसको वैशाखी भाँच्चिएको छ ।
उ चल्ता पुर्जा नेता थियो
सत्ताको तर मारेर
सत्ताकै आहालमा डुवुल्की माथ्र्यो
निरङकुशताको जामा पहिरेर
स्वतन्त्रताको गुड्डी हाँक्थ्यो ।
म उसको लगौटीया साथी
उसको छदम रुप चिन्न नसक्दा
मलाई बेवकुफ बनाएर
जसको सिढी उ मात्रै चढथ्यो
सजाँयको भागिदार मलाई बनाई
पुरस्कार उ मात्रै थाप्थ्यो ।
स्वार्थले बलेको उ
आफ्नो बिरानो नछुट्रयाई
हाम्रा टाउका बेचेर
अनुदान थाप्दो रहेछ
कागजी घोडा दौडाई
योजना फरफारक गराउँदै
विकास बजेट निकासा लिदो रहेछ उ ।
प्रत्यक्ष निर्वाचन हार्ने भए पछि
समानुपातिकको सूचीमा सूचीकृत गराएर
मन्त्री हुने सपना बुन्दै
राजधानीमै घर जग्गा जोडी
बसाइ सराइको कागज बनाई
जिल्लावासीलाई जिल खुवाउँछ उ ।
अकुत सम्पतिको हिसाब लुकाउन
स्वास्नी छोरा छोरी अमेरीका पठाउँछ उ
उ सँग पासपोर्ट छदै छ
अख्तियार सल्बलाए पछि
अमेरीका भाग्दो हो उ पनि ।
सत्ता र शक्तिको बलमा
बिपक्षीलाई दलेर
भागबण्डा लगाउँदै
राजदूतको कोटा हात पारे पछि
सालोलाई राजदूत बनाउँदै
सालीलाई जी.एम. बनाउँछ ।
म त्यस्तो देशको नागरिक हुँ
जहाँ नेता अकुत सम्पत्ति कमाउँदै
जनतालाई भोक भोकै मार्छ
जन्मदै हज्जारौँ ऋणले थिचिन्छन बच्चा
अबोधहरुको टाउँकोमा ऋण थोपरेर
सम्वृद्धिको सपना बाड्छ कठ्पुतली सरकार ।
सुन्दरहरैंचा –६, दुलारी, मोरङ
९८४२०७३५२५
बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अख्तियार छिर्‍यो नागार्जुन नगरपालिका : करोडौँ तलब–भत्ता बुझ्ने आलेप अधिकृत गिरीमाथि छानबिन

यी हुन् श्रम मन्त्रालयका रैथाने कर्मचारीहरू

रोग र वियोगको मारमा नरमाया : श्रीमान पछि छोरा पनि वेपत्ता

अध्यादेशबाट पजनी,अहिले मन्त्रीका सल्लाहकार

कृष्णभीरमा परीक्षण सफल, तर असोज १ गतेसम्म यातायात खुला नहुने

८७ सिडिइको सरुवा (सूचीसहित)

अब पालो सुशासनको

यूटिएलको लाइसेन्स जोगाउने पूर्वराजाका ज्वाइको सबै प्रयास बिफल

बिशेष