भक्तपुरको खरिपाटी सुकुम्बासी होल्डिङ सेन्टरमा संघीय सरकारका ६ जना मन्त्रीहरु पुगेका छन् । सरकारले सुकुम्बासीलाई व्यवस्थित पार्ने नाममा झनै दु ख दिएको भन्दै तिव्र आलोचना भइरहेको समयमा भक्तपुरको खरिपाटी सुकुम्बासी होल्डिङ सेन्टरमा संघीय सरकारका पाँच मन्त्रीहरु पुगेका छन् । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा डुबान भएपछि त्यहाँ राखिएका सुकुम्बासीहरूलाई खरिपाटी सारिएको थियो । काठमाडौँ उपत्यकामा शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको ‘राधास्वामी होल्डिङ सेन्टर’ डुबानमा परेपछि त्यहाँ राखिएका सुकुमबासीलाई ६५ परिवारलाई खरीपाटी होल्डिङ क्षेत्रमा सारिएको थियो ।
बिज्ञापन
त्यहाँको अवस्था बुझ्न गृहमन्त्री सुधन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेल, स्वास्थ्यमन्त्री निशा मेहता, श्रममन्त्री रामजी यादव र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी खरिपाटी पुगेका हुन् । सरकारका ६ जना मन्त्रीहरुले भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको अवलोकन गरेका छन् ।
बिज्ञापन
सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रहेका सुकुमवासी बस्ती खाली गराउने क्रममा विस्थापित भएका परिवारको अस्थायी बसोबासका लागि सात ठाउँमा होल्डिङ सेन्टर तोकेर ती होल्डिङ सेन्टरमा सुरुमा ३ सय ८८ परिवार राखेको थियो । जसमा बालाजुस्थित माछापोखरी लजमा ८७ परिवारका २ सय ९४, राधास्वामी आश्रम कीर्तिपुरमा ६५ परिवारका २ सय ७७ र भक्तपुर खरिपाटीस्थित विद्युत् तालिम केन्द्रमा ९९ घरका ३ सय ५५ जना बसेका थिए । भक्तपुर बोडेस्थित कृषि तालिम केन्द्रमा २४ परिवारका १ सय १५, नगरकोटस्थित खानेपानी तालिम केन्द्रमा २१ परिवारका ८०, बनेपास्थित रेडक्रस भवनमा ४५ घरका १ सय ९५ र इचंगुनारायण अपार्टमेन्टमा ४७ घरका १ सय ७२ जना थिए । जसमध्ये कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा नदी पसेपछि सुकुम्बमासीहरुको विजोग भएकोमा उनीहरुमध्ये ६५ परिवारलाई भक्तपुरको खरिपाटीमा सारिएको हो ।





























