खरिपाटी होल्डिङ सेन्टरमा ६ मन्त्रीको लर्काे

भक्तपुरको खरिपाटी सुकुम्बासी होल्डिङ सेन्टरमा संघीय सरकारका ६ जना मन्त्रीहरु पुगेका छन् । सरकारले सुकुम्बासीलाई व्यवस्थित पार्ने नाममा झनै दु ख दिएको भन्दै तिव्र आलोचना भइरहेको समयमा भक्तपुरको खरिपाटी सुकुम्बासी होल्डिङ सेन्टरमा संघीय सरकारका पाँच मन्त्रीहरु पुगेका छन् । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा डुबान भएपछि त्यहाँ राखिएका सुकुम्बासीहरूलाई खरिपाटी सारिएको थियो । काठमाडौँ उपत्यकामा शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको ‘राधास्वामी होल्डिङ सेन्टर’ डुबानमा परेपछि त्यहाँ राखिएका सुकुमबासीलाई ६५ परिवारलाई खरीपाटी होल्डिङ क्षेत्रमा सारिएको थियो ।

बिज्ञापन

त्यहाँको अवस्था बुझ्न गृहमन्त्री सुधन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेल, स्वास्थ्यमन्त्री निशा मेहता, श्रममन्त्री रामजी यादव र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी खरिपाटी पुगेका हुन् । सरकारका  ६  जना मन्त्रीहरुले भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको अवलोकन गरेका छन् ।

बिज्ञापन

सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रहेका सुकुमवासी बस्ती खाली गराउने क्रममा विस्थापित भएका परिवारको अस्थायी बसोबासका लागि सात ठाउँमा होल्डिङ सेन्टर तोकेर ती होल्डिङ सेन्टरमा सुरुमा ३ सय ८८ परिवार राखेको थियो । जसमा बालाजुस्थित माछापोखरी लजमा ८७ परिवारका २ सय ९४, राधास्वामी आश्रम कीर्तिपुरमा ६५ परिवारका २ सय ७७ र भक्तपुर खरिपाटीस्थित विद्युत् तालिम केन्द्रमा ९९ घरका ३ सय ५५ जना बसेका थिए । भक्तपुर बोडेस्थित कृषि तालिम केन्द्रमा २४ परिवारका १ सय १५, नगरकोटस्थित खानेपानी तालिम केन्द्रमा २१ परिवारका ८०, बनेपास्थित रेडक्रस भवनमा ४५ घरका १ सय ९५ र इचंगुनारायण अपार्टमेन्टमा ४७ घरका १ सय ७२ जना थिए । जसमध्ये कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा नदी पसेपछि सुकुम्बमासीहरुको विजोग भएकोमा उनीहरुमध्ये ६५ परिवारलाई भक्तपुरको खरिपाटीमा सारिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष