भन्सार विभागको महानिर्देशकको जिम्मेवारी यामलाल भुषालले पाएका छन् । उनी झण्डै ६ बर्ष पछि दोह्राएर विभागको महानिर्देशक बन्न सफल भएका हुन । भुसाल यस अघि ७७ साल फागुनदेखि ७८ भदौं ३ सम्म उनले विभागको महानिर्देशक चलाएका थिए । ६ बर्ष पछि उनले दोह्राएर भन्सार विभागको नेतृत्व गर्ने अवसर पाएका हुन । सो समयमा सुमन दाहाललाई भन्सार विभागमा सरुवा गरेर अर्थ मन्त्रालयबाट भुसाललाई भन्सार विभागमा पठाइएको थियो ।
२०१८ सालमा स्थापना भएको सो विभागमा हालसम्म शिवशम्शेर राणाले २०२२ देखि २०२३ सम्म एक पहिलो कार्यकाल र दोह्राएर २०२४ देखि २०२६ सम्म नेतृत्व सम्हालेका थिए भने यस्तै लोकमान सिंह कार्कीले २०५१ असोजदेखि २०५३ चैत्रसम्म सो विभागको नेतृत्व दोह्राएर गरेका थिए । लोकमान पछि नुतनराज श्रेष्ठले समे भन्सार विभाग दोह्राएर नेतृत्व गरेको देखिन्छ । २०६० सालपछि दोह्राएर सो ठाउँमा पुग्ने चाहिँ भुषाल हुन । उनी यस अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए । त्यहाँबाट सरुवा भएर अर्थमा पुगेका उनलाई अर्थमन्त्री स्वर्णीम वाग्लेले विभागको महानिर्देशकको जिम्मेवारी दिएर खटाएका हुन ।
बिज्ञापन
यस अघि अर्थ मातहतकै सम्पत्ति शुद्धीकरण विभागमा समेत दोह्राएर महानिर्देशक चलाउने अवसर पाएका गजेन्द्र ठाकुर विवादमा परेर सरुवा भइसकेका छन् । ३१ असार २०६८ मा स्थापना भएको सम्पत्ति शुद्धीकरण विभागमा यो १४ बर्षको अवधिमा १८ जना महानिर्देशकहरु परिवर्तन हुँदा सहसचिव ठाकुरले चार बर्ष पछि पुन सोही विभागको नेतृत्व गर्ने अवसर पाएका थिए । तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले गजेन्द्र ठाकुरलाई महानिर्देशक बनाएर पठाएका थिए तर दिपक भट्ट कनेक्सन बाहिरिएपछि उनी अर्थबाट बाहिरिएका छन् ।




























