भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी मन्त्रालयमा तानिएका छन् । रसुवा भन्सारबाट भएको विद्युतीय गाडी आयातको गडबडीमा जोडिएर भण्डारीलाई मन्त्रालयमा तानिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । गत भदौंदेखि भण्डारी विभागको महानिर्देशकको जिम्मेवारीमा थिए । उनलाई एक बर्ष नपुग्दै अर्थ मन्त्रालयमा तानिएको हो ।
बजेट घोषणा हुनु अघि रसुवा भन्सार कार्यालयबाट बीवाईडीका विद्युतीय कार कागजमा मात्र जाँचपास भएको पुष्टि भइसकेको छ । सो प्रकरणपछि अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईसहित का १३ कर्मचारीहरुलाई विभागमा तानेर पछि निलम्बन गरेको थियो । गाडी भौतिकरूपमा नआउँदै कागजमा मात्र जाँचपास गर्ने कार्यमा संलग्न रसुवा भन्सारका १३ जना कर्मचारी, कागजमा जाँचपास गराउने साइमेक्स इंकलगायत कम्पनी र भन्सार एजेन्टहरुलाई कारबाहीका लागि सिफारिस भएका थिए । यही प्रकरणमा समेत जोडिएर भन्सारका महानिर्देशक भण्डारी मन्त्रालयमा तानिएको अर्थ स्रोतले जनाएको छ । उनै भण्डारीले मुस्ताङ भन्सारबाट सरुवा भइसकेका एक अधिकृतको सरुवा थमौती गराएर ठूलो परिणाममा भेप तस्करीमा गराउन सघाउ पुर्याएको भन्सारकै कर्मचारीहरु बताउँछन् ।
उता अर्थ मन्त्रालयले भन्सार विभागको निमित्त महानिर्देशकको जिम्मेवारी भरतमणि पाण्डेलाई दिएको छ ।
भन्सारका महानिर्देशक मन्त्रालय तानिए,निमित्तको जिम्मेवारी पाण्डेलाई
0%
0%
0%
0%
0%
0%























