राहदानी छपाइमा अनियमितता : महानिर्देशक अर्यालसहित सातजनाको अदालतमा बयान सुरु

राहदानी छपाइमा भएको अनियमिततासम्बन्धी मुद्दाका सात प्रतिवादीहरूको विशेष अदालतमा बयान सुरु भएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार १६ व्यक्ति र दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेकोमा सातजनालाई पक्राउ गरेरै उपस्थित गराएको थियो ।

बिज्ञापन

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित निर्देशक सुनील केसी, सोमेश थापा, विपिन प्रसाईं, राजाराम दाहाल, तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र जर्मन कम्पनीका एजेन्ट मणिन्द्रकुमार मल्ललाई उपस्थित गराइएको हो। उनीहरूको मंगलबारदेखि बयान सुरु भएको हो। बयानपछि हुने थुनछेक आदेशले उनीहरूलाई थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय हुनेछ।

बिज्ञापन

त्यस्तै जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र मूलभर कम्पनीका नेपाल प्रतिनिधि मनिन्द्रराज मल्लविरुद्ध समेत मुद्दा दाय गरिएको छ। उनीहरूले आपसी मिलेमतो र गैरकानुनी लाभ लिएको भन्दै आयोगले कर्मचारीहरूलाई १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो माग गरिएको छ। त्यस्तै मुलभर कम्पनीसँग १ अर्ब ९० करोड ६९ लाख ५७ हजार ३२ रुपैयाँ बिगो माग गरिएको छ भने भेरिडोसलाई ८ अर्ब २२ करोड ३५ लाख ४ हजार ४४४ रुपैयाँ बिगो माग गरिएको छ।

राहदानी विभागले आह्वान गरेको पासपोर्ट छपाइसम्बन्धी बोलपत्रको प्रक्रियामै प्रारम्भिक चरणदेखि नै गम्भीर अनियमितता र भ्रष्टाचार भएको पाइएको आयोगले ठहर छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

५ लाख नाघे रास्वपाको सदस्य, कुन प्रदेशबाट कति (पूर्णपाठ)

प्रशासनिक सुधार कि संरचनात्मक पुनर्संरचना?

राहदानी छपाइमा अनियमितता : महानिर्देशक अर्यालसहित सातजनाको अदालतमा बयान सुरु

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम

विष्णु पौडेललाई २० दिन थुनामा राख्न अदालतसमक्ष अनुमति मागियाे

खण्डन तथा क्षमायाचना

प्रथम उद्धारकर्ता प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक समुह निर्माण तालिम सुरु

बिशेष