मन्त्रिपरिषद् बैठकः अध्यादेशदेखि नियुक्तिसम्म

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ६ वटा निर्णय सार्वजनिक भएको छ । जसमा चार वटा नियुक्तिसम्बन्धि छन् । एउटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र अर्काे राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति गर्ने रहेको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रधानमन्त्री प्रचण्ड कम्बोडिया जानु अघि आज बसेको क्याविनेट बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशक,सांष्कृतिक संस्थानको महाप्रवन्धक, गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशक र नरदेवी चिकित्सालय आयुर्वेद विकास समितिको अध्यक्षको नियुक्ति गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको क्याविनेटले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई, गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ल,नरदेवी चिकित्सालय आयुर्वेद विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई र सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धकमा किरण बाबु पुनलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

यस्तै सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरादायी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्ने निर्णय गरेको छ । सो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जनाएकी छिन् । यस्का अलवा सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिएको छ । बैठकले उक्त विधेयक गृह मन्त्रालयलाई संसद्मा पेश गर्न स्वीकृत गरेको हो ।

 

यस्तै उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय भर्खरै सकिएको क्याविनेट बैठकले गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

नेपाललाई डिजिटल पथमा डोर्याउने ‘कहाँ’को योजना : स्मार्ट डोर बेलदेखि डिजिटल हाजिरीसम्म

अख्तियारको राडारमा तत्कालीन मन्त्री,सचिव,सह सचिवदेखि मन्त्रीका स्वकीयसम्म

मन्त्रिपरिषद् बिस्तार हुँदै,को को हुँदैछन् नयाँ मन्त्री ?

‘छिटो निर्णय, परिणाममुखी कार्यान्वयन’ : यस्ता छन् महानिर्देशक जैसीको ६ महिने कार्यप्रगति

स-परिवारसहित सुटुक्क अमेरिका किन पुगे धुर्मुस ?

बिशेष