मन्त्रिपरिषद् बैठकः अध्यादेशदेखि नियुक्तिसम्म

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ६ वटा निर्णय सार्वजनिक भएको छ । जसमा चार वटा नियुक्तिसम्बन्धि छन् । एउटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र अर्काे राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति गर्ने रहेको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रधानमन्त्री प्रचण्ड कम्बोडिया जानु अघि आज बसेको क्याविनेट बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशक,सांष्कृतिक संस्थानको महाप्रवन्धक, गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशक र नरदेवी चिकित्सालय आयुर्वेद विकास समितिको अध्यक्षको नियुक्ति गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको क्याविनेटले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई, गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ल,नरदेवी चिकित्सालय आयुर्वेद विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई र सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धकमा किरण बाबु पुनलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

यस्तै सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरादायी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्ने निर्णय गरेको छ । सो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जनाएकी छिन् । यस्का अलवा सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिएको छ । बैठकले उक्त विधेयक गृह मन्त्रालयलाई संसद्मा पेश गर्न स्वीकृत गरेको हो ।

 

यस्तै उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय भर्खरै सकिएको क्याविनेट बैठकले गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लगातार चार दिन सार्वजनिक बिदा

अपडेट डिजिटल प्रोफाइल निर्माणमा किताबखानाको रफ्तार तीव्र

सामान्य प्रशासनले करोडौंको वैदेशिक साहयताको हिसाब देखाएन

निजामती ऐनअन्तर्गत ३६ वटा नियम बनाउने अधिकार सरकारमै रहने प्रस्ताव

नयाँ सरकारको सुशासन : अनुगमन तिव्र पार्दा ६ महिनामै सिडियोलाई ‘भकुण्डो’

सार्वजनिक सवारीको नयाँ दर्तामा रोक, विद्युतीय गाडी पनि दर्ता नहुने

हिजो दरखास्त आह्वान,आज रद्ध

संघीय निजामती विद्येयकमा अर्थको सहमति,महिनाभित्रैमा ऐन ल्याइने तयारी

बिशेष