भूमि व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९ जना उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न मितिमा ती कर्मचारीहरुको सरुवा गरेको छ । सरुवा गरिँदा २ उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृत,एक लाई प्रमुख प्रशासकीय अधिकृतबाट जिसस,चार जनालाई उद्योग मन्त्रालयमा पठाइएको छ ।
बिज्ञापन
सरुवाको सूची अनुसार,शिक्षाका उपसचिव दीपक भण्डारीलाई बुढीगंगा नगरपालिका बाजुराको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ । यस्तै,महमद शेरे मस्तफालाई सिरहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत,सिरहा नगरपालिकाबाट विनय कुमार सोनुलाई जिसस,बारा पुर्याइएको छ ।
यस्तै,राजेश भट्टराईलाई निजामती किताबखाना,किशोर केसीलाई राष्ट्रिय तथ्यांक कार्यालय,राष्ट्रिय योजना आयोगको सचिवालयबाट दिवाकर लुँइटेललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय,रामहरि पाण्डे र कृषिबाट रश्मिता खतिवडा र मनोज विकलाई उद्योगमा सरुवा गरिएको छ ।




























